
पूर्णपुष्टि, २७ बैशाख ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) बिरोध खतिवडाको दुर्घटनामा परी मृत्यु भएको छ । शनिवार सुनसरीको दुहबी नगरपालिका ३ फुटानी चौक स्थित पिक अप भेन दुर्घटना परी खतिवडाको मृत्यु भएको हो । उदयपुरको त्रियुगा नगरपालिका ०८ राजाबास घर भएका ३० वर्षीय खतिवडाको उपचारको क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार दिउसो ११ : ५० बजेतिर इटहरी(विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२(०१(००१च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भेन सडक किनारमा रहेको फलामको रेलिङमा ठोकिएर दुर्घटना हुदा टाउको छाति तथा शरीरका विभिन्न भागमा चोट लागेका थिए । घाइते भएका खतिवडालाई उद्दार गरी बिराट टिचिंग हस्पिटल बिराटनगरमा उपचार गर्ने क्रममा १२ २१ मिनेटमा डा. ले मृत घोषणा गरेको थियो।
