
पूर्णपुष्टि, जेष्ठ २ ।
उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नगरपालिकामा आज पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य र नेपाल पत्रकार माहासंघ उदयपुर शाखाको समन्वयमा त्रियुगा नगरपालिकाको सभाहलमा संवाद सम्पन्न भएको हो ।
स्थानीय सरकारको सहभागीतामा पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । संवादमा पत्रकारीतामा स्थानीय तहको अतिनै भुमिका रहने बताईएको छ । पत्रकारीता जस्तो संवेदनशिल क्षेत्रको सवलीकरण गर्न नजिकैको स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने र त्यस तर्फ ध्यान दिन आवश्यक रहेको जनाईएको हो । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको प्रमुख अथित्यतामा अन्तर संवाद भएको थियो ।
