Friday, May 22News That Matters

पहिचान विरोधीहरुको शासन व्यवस्था अब ध्वस्त हुन्छ : पूर्व मन्त्री किराती

पूर्णपुष्टि, बैशाख १० ।
“कति सय लाग्छ त्यो थाहा छैन् तर पहिचान विरोधी शासन व्यवस्था अब नेपालमा ध्वस्त हुन्छ, ‘किनाकी गाउँगाउँमा पहिचान आन्दोलनको सन्देश पुगिसेको छ ।” किरात गणराज्य मोर्चाका अभियान्ता तथा संयोजक गोपाल किरातीले भने,” पूर्व मन्त्री समेत रहेका किरातीले शनिवार गाईघाट स्थित किरात गणराज्य मोर्चा संगठको क्रममा यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय प्रदेश नामाकरणको बिषयमा सरकारले यहाँको पहिचान मेटाउन खोजेको आरोप समेत लगाए । जाबो एउटा पहिचानको नाम सम्म स्वीकार्न नसक्ने सरकारले भोली यहाँको आदिवासी जनजातिहरुलाई अधिकार कसरी संरक्षण गर्छ ? उनले प्रश्न गरे । विस्तारी पहिचान मेटाउँदै यहाँको मुलवासीहरुलाई लखेट्ने र देश विहिन बनाउने अहिलेको दल र सरकारको उदेश्य रहेको समेत किरातीले जनाए । यसका लागि हामि सबै पहिचानवादी जातजातिहरु जाग्नु पर्ने पर्छ उनले भने, । राईले पूर्वमा किराती पहिचान खोसिनु अन्य ताम्सालिङ, मङ्राती, सेर्पालुङ, कोचिला लगायत सबैको पहिचान खोसिनु बताए ।

                                                                                  गोपाल किराती , पूर्व मन्त्री तथा किरात गणराज्य मोर्चा अभियान्ता ।

मुलकमा रहेको ७ प्रदेश मध्ये मधेश प्रदेश बाहेक सबै प्रदेश बाहुनवादी नामाकरण भैसकेो उनले जनाए । अहिलेको दलहरुले पछिल्लो समय आदिवासी जनजातिहरुको अस्तित्व मेटाउने गरी आन्दोलन तुहाउन लागि परेको किरातीको बुझाई छ । “कुनै कुराको असम्भव भन्ने छैन्, समय लाग्छ हामि निरन्तर संघर्षमा लागौँ, एक दिन पहिचानको जित पक्कै हुन्छ, किरातीले भने, ।

जनताले नचाएका राणा शासन, निर्दलीय पंञ्चायत व्यवस्था शासन, राजा शासन जस्ता सबै चिज नेपाली जनताले आन्दोलनको संघर्षबाटै हटाउन सम्भव भएको समेत सुझाए । यी शासनपछि अब अहिलेको काँग्रेस, एमाले र माओवादी पनि जनताको लागि ठिक नभएको सावित हुने राईले जनाए । हिजो पहिचानको नारा लगाउँदै आदिवासी जनजातिहरुको शक्तिमा सत्ता कब्जा गर्ने बाहुनवादी दलहरुको व्यवस्थालाई अब पहिचान पक्षधारहरुले ध्वस्त पार्ने उनले बताए । किराती हाल कोशी प्रदेशका बिभिन्न जिल्लाहरुमा किरात गणराज्य मोर्चा गठको अभियानमा छन् । उदयपुर सहित बिभिन्न ६ जिल्लामा मोर्चा गठन भएको छ भने अन्य ठाउँमा धमाधम हुने कार्य जारी रहेको छ । पूर्व सांस्कृतिक तथा नागरिक उड्यान मन्त्री समेत रहेका किराती हाल किरात गणराज्य मोर्चा गठन अभियानमा शसक्त लागि परेका छन् । माओवादीमा रहेका किराती पहिचान विरोधी पार्टी एमालेमा ७५ सालको चुनावमा प्रचण्ड बिलय हुन गएको भन्दै विद्रोह गरेर पार्टी बाट बाहिरिएका थिए ।