Wednesday, June 10News That Matters

प्रधानमन्त्रीलाई राप्रपाका मन्त्रीहरुले बुझाए राजिनामा पत्र

पूर्णपुष्टि, फागुन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीक मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा पत्र बुझाएका छन् । सरकाबाट बाहिरने निर्णय गरे सँगै शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्रीले पचण्डलाई राजिनामा पत्र बुझाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री राजीनामा दिएका हुन् ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकाबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने निर्णय लिएको थियो । त्यस्तै प्रदेश सरकारबाट पनि बाहिरने निर्णय गरेको छ ।

सात दलिय गठबन्धन गरेर पुष १० गते पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । सो सहमतिअनुसार प्रदेश सरकारलाई दिएको समर्थन समेत राप्रपाले फिर्ता लिने भएको छ । ।