Monday, April 20News That Matters

बाढी पहिरोले कोशी प्रदेशमा ५४ सडक अबरोध

पूर्णपुष्टि, १३ असोज ।
लगतारको बर्षाले कोशी प्रदेशका बिभिन्न जिल्लाहरुको सडक अबरोध भएको छ । लामो तथा छोटो दुरीका सडकहरु अबरोध भए सँगै आवत जावतमा कष्टकर बनेको छ । सडकमा पहिरो खस्ने देखि भासिने बाढीले बगाउने जस्ता अवस्थाले आवत जावतमा समस्या भएको हो । कोशी प्रदेशको ताप्लेजुङ बाहेक सबै जिल्लाहरुको सडकमा बाढी पहिरोले प्रभावित बनाएको छ । उक्त जिल्लाहरुबाट बिभिन्न जिल्ला र राजधानी सम्म जाने सडक नाकाहरु ठप्प पारेको छ । कोशी प्रदेश प्रहरीका अनुसार ५४ ओटा सडकहरुमा बाढी पहिरोले असर पुगाएको छ । जस मध्ये ११ ओटा बने खुलेको र बाँकी ४३ ओटा खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।