
पूर्णपुपुष्टि, २७ चैत्र ।
प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चैत सोमवार साँझ १९ः०० बजेको समयमा रामपुरबाट लालबजार तर्फ जाँदै गरेको को ३९ प ५६४९ न। को स्कुटरमा सवार २ जना मानिसहरुको साथबाट १ ग्राम ३३८ मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेका थिए । पक्राउ पर्नेहरुमा स्कुटर चालक बेलका न.पा. वडा नं. ३ बस्ने वर्ष २६ को मुस्कान राई र पछाडी वर्ष २१ को खम्ब बहादुर दाहाल रहेका छन् । उनिहरुलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान भईरहेको छ ।
