Friday, May 29News That Matters

रातो प्लेटलको सवारीले जथाभावी मान्छे बोकेको भन्दै कुटाकट

पूर्णपुष्टि, उदयपुर, असोज १२ गते ।
दशैँको मुखमा सवारीहरुले मान्छे बोक्नका लागि तछाडमछाड गरिरहेको छ । नम्वर प्लेट अनुसार सवारीले नियममा वसेर मान्छे ओसार पसार गर्नु पर्ने हुन्छ । तर गाईघाटमा रातो प्लेटले नियमविपरिद मान्छे बोकेको भन्दै यातायात व्यवसायीबीच लपडा हुँदा कुटाकुट भएको छ । आईतबार हिमाली टोल स्थित हिमाली यातायात संघको कार्यालय अगाडी झगडा हुँदा रातो प्लेटका यातायात व्यवसायी ओमनाथ खतिवडा घाईते भएको जनाईएको छ । रातो प्लेटको सवारीले बसले झै खुलेआम रुपमा भाडाको सवारी बोक्ने पाउँदैन ।

बोलेरो जिप लगायत रातो प्लेटका सवारीहरुले माल सामान बोक्न पाउने भनिएको छ । चर बस काउन्टर अगाडी बाटै बसले बोक्ने यात्रुहरु चढाउँदै ओसार पसार गर्न थालेपछि बस र बोलेरोका स्टाफ बीच लफडा भएको थियो । लफडा पछि कुटाकुट हुँदा खतिवडा घाईते भएको हो । उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा त्यहाँ उपचार नभएपछि बाहिर रेफर गरिएको छ । यात्रुवाहक वसले बोक्ने यात्रुहरु सबै बोलेरोले अबैधानिक रुपमा खोसार पोसार गर्ने गरेको वस व्यवसायीहरुको भनाई छ । यस बिषयमा यी व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई नियम विपरिद यात्रु नबोक्न आह्वान गर्दै निगरानिका लागि ध्यानाकर्षण बुझाएका थिए । तर पहिल्यै बाट बल्झेको समस्या प्रशासनबाट पनि निगरानी नहुँदा यस्तो घटना हुन पुगेको व्यवसायीहरुको गुणासो छ ।