
पूर्णपुष्टि, माघ २४ गते । नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् । सोमबार नवनिर्वाचित भएकी आर्यालले मंगलबार सपथग्रहण गरेपछि पदभार ग्रहण गरेकी हुन् ।
अर्यालले संघीय संसद्मा महिला सदस्यहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् । माओवादी स्थायी समिति सदस्य अर्याल सत्ता गठबन्धनबाट उपाध्यक्ष चुनिएकी हुन् ।
