
पूर्णपुष्टि, फागुन २८ । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) उदयपुर जिल्ला संयोजकको जिम्मेवार चित्र कुमार कार्कीले पाएको छ । रास्वपा कोशी प्रदेश खुल्ला सदस्यका समेत रहेको कार्कीले जिल्लामा थप जिम्मेवारी पाएको हो । त्यस्तै प्रकाश अधिकारीले जिल्ला सहसंयोजकको जिम्मेवारी पाएका छन् । उनी पार्टीको मनोनित कोशी प्रदेशसभा सदस्य समेत हुन् । संयोजक कार्की भने पार्टीको आन्तरिक निर्वाचनबाट प्रत्यक्ष चुनिएका प्रदेश सदस्य हुन् । कार्की कोशी प्रदेशसभा सदस्यका लागि आवश्यक ४ पदका लागि सहभागी २६ मध्ये चुनावी प्रक्रियामार्फत आफूलाई सुरक्षित राख्दै जिल्ला नेतृत्वसम्म पुगेका हुन् ।
स्रोतका अनुसार फागुन– २६ गते जिल्लामा बसेको बैठकले कार्कीलाई संयोजकको भूमिका दिने निर्णय भएको थियो । पछिल्लो समय देशभर चर्चाको शिखर चुम्दै गरेको पार्टीका लागि जिल्ला नेतृत्व पाउँदा आफूलाई थप जिम्मेवार महसुस गरेको उनले प्रतिक्रिया दिएका छन् । ‘अब पार्टीको निर्देशित शिद्धान्तलाई शिरोपर गर्दै स्थानीय तहसम्म संगठन बिस्तारको अभियानमा जोड दिनेछु ।’ संयोजक कार्कीले भने, ‘जनसमस्या ओकल्न सक्ने जनताको प्रतिनिधिमूलक पार्टीको रुपमा उदयपुरमा रास्वपालाई स्थापित गराउनु छ ।’
