
पूर्णपुष्टि, असार १८ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुनासाथ सरकारबाट बाहिरिने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको आकस्मिक बैठकले यो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
परियारका अनुसार, वर्तमान राजनीतिक घटनाक्रमले देशलाई स्थायित्व नदिने पार्टीको धारणा छ। उनले भने ‘अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ। हामी सरकारमा जाँदैनौँ, त्यो एकदम स्पष्ट नै छ।
रास्वपाले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनासाथ आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारबाट बाहिरिने बताएको छ। पार्टीले परम्परागत दलहरूको रातारात सरकार बदल्ने प्रवृत्तिप्रति असहमति जनाएको छ।
परियारले गृह प्रशासनबाट देशको कुसंस्कार विरुद्ध काम गरेपछि बाध्यात्मक अवस्थामा गठबन्धन फेरिएको बताए। भोलि पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने र सरकारमा रहँदाका कामहरूको समीक्षा गर्ने उनले जानकारी दिए।
