Sunday, July 12News That Matters

रौतामाई गाउँपालिका– ७ का २९० बालबालिकालाई शैक्षिक सामग्री वितरण

बिक्रम राई
उदयपुर, साउन ११। उदयपुरको रौतामाई गाउँपालिका–७ मुकुचीमा दर्ता भएका करिब २९० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। बालबालिकाको विद्यालय अध्ययनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्कुल झोला, टिसर्ट, कपी तथा डटपेन वितरण गरिएको हो।
World Vision International Nepal को सहयोग तथा स्थानीय साझेदार संस्था हुडेण्डेक उदयपुर र जाल्पा उदयपुर को संयुक्त आयोजनामा प्रत्येक बालबालिकालाई एक थान स्कुल झोला, एक थान टिसर्ट, आठ वटा कपी र छ वटा डटपेन प्रदान गरिएको आयोजकले जनाएको छ। वितरण गरिएका स्कुल झोला र टिसर्ट हुडेण्डेक उदयपुर र कपी डटपेन जाल्पा उदयपुरबाट उपलब्ध गराइएको थियो ।

कार्यक्रममा जाल्पा उदयपुरका अध्यक्ष मदनराज कटुवालको सभापतित्व तथा रौतामाई गाउँपालिका–७ का वडा अध्यक्ष मनोज कुमार राना मगर को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै ध्यWorld Vision International Nepal का उदयपुर जिल्ला D.C. आनन्द खड्काले बालबालिकाको शिक्षामा लगानी गर्नु भविष्यमा लगानी गर्नु सरह भएको उल्लेख गर्दै यस्ता सहयोगमूलक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने बताए।
प्रमुख अतिथि भोजकुमार राना मगरले सहयोगी संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विशेष गरी विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाको अध्ययनलाई सहज बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, बालबालिका तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
सामुदायिक सहजकर्ता गजेन्द्र लायो मगरका अनुसार, उक्त कार्यक्रम World Vision International Nepal को सहयोगमा बालबालिकाको शिक्षा तथा संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । आगामी दिनमा पनि बालबालिकाको शैक्षिक पहुँच र गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउने कार्यक्रमहरूलाई निरन्तरता दिइने उनले जानकारी दिए।