
पूर्णपुष्टि, १० असार ।
उदयपुरको रौतामाई गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलबार पालिकाको १७ औँ गाउँसभाको निति तथा कार्यक्रमले ६६ करोड, ९९ लाख ६१ हजार बजेट आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको हो । पालिका अध्यक्ष बिरेन्द्र मगरका अनुसार उक्त बजेटलाई शिक्षा, स्वास्थ्य र भौतिक पूर्वधारमा प्राथामिकता दिएको जनाए । जनप्रतिनिधि, कर्मचारी, पालिकावासी, शिक्षक, बुद्धिजिवी लगायतको उपस्थितिमा गाउँसभा सम्पन्न भएको हो ।
