Tuesday, April 21News That Matters

कटारी नगरपालिकाले ल्यायो ८७ करोड ६५ लाख ३ हजार ४३९ रुपयाँ बजेट

पूर्णपुष्टि, १० असार ।
उदयपुरको दोस्रो ठुलो नगरपालिका कटारीले ८७ करोड ६५ लाख ३ हजार ४३९ रुपयाँ बजेट आगामी आर्थिक बर्षको लागि ल्याएको छ । मंगलबार पालिकाको १५ औँ नगर सभाबाट उक्त बजेट पारित भएको हो । नगरको निति तथा कार्यक्रम अन्तर्गत ल्याएको बजेटमा नयाँ योजनाहरु खासै देखिएको अवस्था छैन् । पुरानै योजनाहरु कृषि, स्वास्थ्य शिक्षामै बजेटलाई समेटेको छ ।