Thursday, May 21News That Matters

लालपत्ता बाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

पूर्णपुष्टि, ९ कार्तिक
उदयपुरको त्रियुगा नगरपालिका(६ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ७ गते राती प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गरेको प्र।१(०५(००१ ह ०१५३ नम्बरको अटोमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ५६ एम्पुल नियन्त्रित औषधी बरामद गरेको हो । नियन्त्रित औषधी सहित पक्राउ परेका अटो चालक त्रियुगा(३ का ४४ बर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा(११ का २६ बर्षीय धिरज खड्काको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।