
पूर्णपुष्टि, जेठ १३ ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भएको कार्यपालिका निर्वाचनमा गठबन्धन निर्विरोध निर्वाचन भएको छ । गाउँ कार्यपालिकाको महिला सदस्यमा मञ्जु राई, प्रिथी रसाईली, दुतमाया मगर र जमुनाकुमारी कार्की निर्विरोध भएका हुन् । राई गठबन्धनतर्फको नेपाली काङ्ग्रेसबाट हुन् भने अन्य तीनजना नेकपा ९माओवादी केन्द्र० बाट हुन् ।
त्यस्तै गाउँ कार्यपालिकाको दलित वा अल्पसंख्याक सदस्यमा गणेश राई र जयराम राई निर्विरोध निर्वाचित भएका छन् । गठबन्धनको नेकपा ९माओवादी केन्द्र० बाट गणेश हुन् भने काङ्ग्रेसबाट जयराम हुन् ।
लिम्चुङबुङमा पालिका अध्यक्ष, उपाध्यक्ष गठबन्धनले विजय हाँसिल गरेको थियो । एकजना स्वतन्त्र बाहेक सबै वठबन्धनकै वडाध्यक्षहरु विजयी भएका छन् । पालिका अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का मेजरकुमार राईले कार्यकाल दोहोर्याएका छन् भने उपाध्यक्षमा काङ्ग्रेसका पुष्पलाल राई रहेका छन् । १ नं। वडाध्यक्षमा माओवादी केन्द्रका जनदिप मगर, वडा नं। २ मा माओवादीकै जितेन्द्र राई, वडा नं। ३ मा स्वतन्त्र उम्मेदवार गुरुमणी कुमाई, वडा नं। ४ मा गठबन्धनतर्पmको जसपाका छत्रबहादुर राई र वडा नं। ५ मा काङ्ग्रेसको कविचन्द्र राई निर्वाचित भएका छन् ।
