Monday, May 25News That Matters

विद्यालय सुधार गर्न स्वयम्सेवक शिक्षक बने जेनजी उदयपुर स‌याेजक सुरेन्द्र साम्पाङ

पूर्णपुष्टि/उदयपुर, जेठ ११ ।
निम्न बर्गिय परिवारका बालबालिका पढ्ने उदयपुरको त्रियुगा नगरपालिका –१ मैनाहा गाउँ स्थित श्री जनज्योती आधारभुत विद्यालय केही समय अघि बन्दको अवस्थामा पुगेको थियो तर अहिले ठुलो सुधार र परिवर्तन देखिएको छ । यो परिवर्तन सजिलै आएको भने होइन । यहाँ एक जेन्जी युवाको लगाव र संघर्षको कथा निकै रोचक छ । गाउँका बालवालिकाको निभ्नै लागेको शिक्षाको दियो जोगाउनेृ सफल कथा घतलाग्दो छ ।
सुरेन्द्र साम्पाङ राई । एक जेनजी युवा हुन् । अहिले उनी जेनजी उदयपुर संयोजकसमेत छन् । देशभर जेनजी आन्दोलन भइरहदा उदयपुरमा अग्रपंतीमा उभिएर नेतृत्व गर्ने मध्येका एक हुन उनी ।
भ्रष्टाचार र वेथितिविरुद्ध आन्दोलनमा उत्रिरदा उनले आफु पढेको आप्mनै गाउँको विद्यालय लथालिंग भएको देखेँ । हिजोका दिनमा सयौंको संख्यामा रहेका विद्यार्थी दशजनाभन्दा कम भएको थियो । पाँचसम्मको कक्षा घटुवा भएर तीनमा झरेको थियो भने अन्य विद्यालयसंग समायोजन गरेर त्याँहाँ ताल्चा लाउने तयारी थियो ।
विद्यालयप्रति घट्दो अविश्वासका कारण कतिपय अभिभावकले गाँस काटेर आप्mना बालबालिकालाई बोर्डिङमा भर्ना गर्न बाध्य भए भने धेरैजसोले गाउँभन्दा परको सरकारी विद्यालयमा स्थानान्तरण गरे ।
गाउँमा भएको एउटा विद्यालय पनि बन्द भए वालवालिका पढ्न पाउने अधिकारबाट नै बन्चित हुने देखेपछि विद्यालय जोगाउन र अवस्था सुधारमा जुट्ने आँट गरे । सुरुमा उनले अभिभावकहरुलाई बालबालिका विद्यालय पठाइदिन अनुरोध गर्दै घरघर पुगे । विद्यालयको अवस्था सुधार नभएसम्म आफुले नछाड्ने र राम्रो शिक्षकको ब्यवस्था नभएसम्म स्वयम्सेवक शिक्षककै रुपमा भएपनि आफुले पनि पढाउने बाचा गरे । अभिभावकहरुले विस्तारै पत्याउदै गए, छोराछोरी बोर्डिङ र अन्य स्कुलबाट फर्काएर ल्याए ।

२०४५ सालमा स्थापना भएको सो विद्यालय तलबमात्र बुभ्mने शिक्षकको जागिरे मानसिकता, हाजिरमात्र गरेर जागिर पकाउने प्रबृत्तिका कारण नाजुक अवस्थामा पुगेको थियो । विद्यालय सञ्चालनका लागि गतिलो अभिभावकत्व र नेतृत्वको खाँचो रहेको सो विद्यालयलाई स्नातकतह अध्ययनरत जेनजी युवा साम्पाङ त्यसका लागि आफै तयार भए ।
आँट गरे पुग्छ, सुरु गरे साथ, समर्थन र सहयोग मिल्छ भन्ने अनुभुती गरेका उनलाई साथ र सहयोग मिल्यो । गाउँघर र छरछिमेकबाट विद्यालय सरसफाई, घेराबेरा, खानेपानी, सौचालय मर्मत निर्माण जस्ता कामहरुमा श्रमदान गर्न सहयोग मिल्यो भने विदेशमा रहेका साथीभाइ, आफन्त र शिक्षाप्रेमी सहयोगीहरुले आवश्यक आर्थिक सहयोगसमेत गरे । जनप्रतिनिधि, समाजसेवीहरुले होस्टेमा हैसै दिदै गए । फलस्वरुप आज विद्यालयको अवस्था सुधार मात्र भएको छैन ब्यापक परिवर्तन भएको छ ।