Saturday, April 18News That Matters

संगिता खड्काको संयोजकत्वमा उदयपुरमा राष्ट्रिय महिला उद्यमी समिति गठन

पूर्णपुष्टि, १७ चैत्र ।
उदयपुरमा संगिता खड्काको संयोजकत्वमा राष्ट्रिय महिला उद्यमी समिति गठन भएको छ । नेपाल कपडा तथा सिलाई उद्योग संघ अन्तर्गतको महिला उद्यमी समितिको उदयपुर संयोजकमा खड्का नेतृत्वको १३ जिल्ला कार्यसमिति चयन भएको हो । समितिको सचिवमा श्याम कुमार राई, कोषाध्यक्षमा सरिता गेलाल रहेकी छिन । यता सदस्यहरुमा लिला कटुवाल, सर्मिला राई, मित्र माया श्रेष्ठ, विमला मगर, सिता माया श्रेष्ठ, कविता सुवेदी, महोन कुमारी खत्री, रमा दर्जी सदा, अमृता श्रेष्ठ र प्रमिला कार्की रहेकी छिन् ।

आईतबार केन्द्रीय संयोजक ज्ञानु प्रदानको उपस्थितिमा जिल्लामा उद्यमी संघ गठन भएको हो । घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रदिप गिरी संयोजक, संघका जिल्ला अध्यक्ष मधुकर थापा सदस्य र महिला उद्यमी विना राईको सदस्य रहेको निर्वाचन टोलीले महिला उद्यमी समिति चयन गरेका थिए । समिति चयन हुन अघि सिलाई व्यवसायीमा आवद्ध जिल्लाभरीका महिलाहरुलाई भेला गरिएको थियो । सोही भेलाले खड्काको संयोजकत्वमा समिति चयन भएको हो ।