
पूर्णपुष्टि, ५ जेष्ठ ।
भौतिक पूर्वधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रचण्डलाई लक्षीत गर्दै सरकार ढल्ने हल्लामा नलाग्न सुझाएको छ । दुई ठुला दलहरु मिलेर बनेको सरकार ढल्न सजिलो नरहेको भन्दै यसको हल्ला र प्रचारमा समय खेर नफाल्न मन्त्री दाहालले सुझाएको हो । नेपालमा जनताले विकास चाहेको र स्थीर सरकारको कारण विकासमा बाधा पुगेको भन्दै स्थिरताको लागि देशका दुई ठुला दल मिल्न बाध्य भएको दाहालको भनाई थियो ।
इतिहाँसमा दुई ठुला दलहरु मिलेर सरकार बनाएको अवस्था नभएपनि नेपाली जनताको हकमा आवश्य रहेको उनले बताए । पहिलोले सरकार चलाउने दोस्रो प्रतिपक्षमा बस्ने प्रणाली रहेता पनि स्थिरताका लागि दुई ठुला दलहरु एक ठाउँ आउनु परेको दाहालले बताए । ठुलाहरुलाई साईड लगाएर तेस्रो दलले सरकार चलाउने र अस्थिरतामा परिणत गरेको भन्दै यसो अन्य गर्न आफुहरु मिल्न परेको जनाए । दाहाल फोक्सिन्टार माहुरे कालो पत्रेको सिलन्यास तथा गाईघाट दिक्तेल सडक योजनाको भवन उद्घाटन गर्न आईतवार उदयपुर आईपुगेका थिए ।
