
पूर्णपुष्टि, गाईघाट, कार्तिक १ गते ।
सूचना लुकाएर स्वास्थ प्रतिस्पर्धा बिनै मिलेमतोमा काठ दाउरा बिक्रि गरेको भन्ने पत्र आएपछि डिभिजन वन कार्यालय उदयपुरले ७ ओटा उद्योगहरुलाई बिभिन्न कागजातको विवरण माग गरेको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघले वन कार्यालयलायको समेत मिलेमतो रहेको आरोप लगाउँदै टेन्डर रद्ध गर्न निवेदन दिएको थियो । पैदावारले २०८२÷०६÷२९ गतेको पत्रमा टेन्टर रद्धको माग गरेको छ । त्यस लगत्तै २०८२/०६/३० मा डिभिजन वन उदयपुले पनि उद्योगहरु सित कागजात माग गरेको हो । कार्यालयले ८२÷७÷१ भित्र कागजात बुझाउनु पर्ने र सोही अनुरुप नभए आवश्यक कार्वाही गर्ने उल्लेख गरेको छ ।

