Friday, April 17News That Matters

१७ बर्षपछि गाईघाट दिक्तेल सडक योजनाको आफ्नै भवन

पूर्णपुष्टि, ४ जेष्ठ ।
१७ बर्षदेखी अरुकै भवनबाट काम गरिरहेको गाईघाट दिक्तेल सडक योजनाले अब आफ्नै भवनबाट सेवा सुरु गर्ने भएको छ । गाईघाट बोक्से स्थित सुविधा सम्पन्न भवन निर्माण गर्दै कार्यालयबाटै सेवा सुरु गरिने भएको हो । आईतबार मात्रै योजना कार्यालयको भवन उद्घाटन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवनिर्मित कार्यालयको उद्घाटन गर्नु भएको हो । यस भन्दा पहिले पूर्वधार विकासको कार्यालयमा बसेर काम गरिरहेको यस योजनाले आफ्नै भवन पाएपछि काम सहज हुने जनाएको छ ।

योजना प्रमुख पशुपति ज्ञवालीका अनुसार पहिले जिर्ण भवनमा वसेर काम गुर्न पर्दा असुरक्षा सँगै काम कार्वाहीमा समस्या भोग्नु परेको जनाए । अब आफ्नै भवन भएपछि सेवा प्रवाहमा थप सुविधा मिलेको ज्ञवालीको भनाई छ । भवन उद्घाटनमा मन्त्री दाहाल सहित सडक बिभागका माहानिर्देशक रामहरी पोखरेल, उदयपुरका सांसद अम्वर रायमाझी, प्रदेश उपसभामुख सिर्जना दनुवार र खोटाङको पूर्व सांसद बिशाल भट्टराई लगायतको उपस्थित रहेको थियो । मन्त्री गाईघाट दिक्तेल सडकको अनुगमन तथा नवनिर्मित भवनको उद्घाटन सँगै फोक्सीन्टार माहुरेको कालोपत्रे सिलन्यास सहित बिभिन्न कार्यक्रम लिएर आएका थिए । सोही अवसरमा मन्त्रीको टोलीले फोक्सन्टारमा भत्किएको पुलको पनि अनुगमन गर्नेछ ।