Saturday, June 20News That Matters

९ दिन देखी चौदण्डीबाट आमा सहित दुई छोरा बेपत्ता, खोजीका लागि अपिल

पूर्णपुष्टि, ९ मंसिर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ बाट आमा र दुई छोरा बेपत्ता भएको छ । गत शनिवार अन्दाजी ११ बजेको समयमा आफ्नै घरबाट चन्दा चौधरीकी २७ बर्षिय बुहारी मुना दाहाल चौधरी, जेठो नाती ७ बर्षिय अनुग्रह चौधरी र कान्छो नाती ५ बर्षिय अनुभव चौधरी बेपत्ता भएको हो । उनिहरुको ९ दिन देखी लगतार खोजी भैरहे पनि फेला नपरेको परिवारले जनाएको छ । आफ्नो आफन्त, छरछिमेकी र सम्बन्धित सबै ठाउँहरुमा खोजी कार्य गर्दा फेला नपरेपछि चन्दाले खोजी कार्यमा सहयोग गरिदिन भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । उनले तिनै जनाको हुलिया र तस्विर सहित प्रहरीमा निवेदन दिएकी हुन् । बेपत्ता तिनै जना गहुँगोरो रहेको निवेदनमा उल्लेख गरिएको छ ।