Sunday, March 16News That Matters

आवाज विहिन बर्तमान सरकार राष्ट्रियताको लागि बोल्दैन : झलनात खनाल

पूर्णपुष्टि, ३० माघ ।
नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झनलाथ खनालले वर्तमान सरकार राष्ट्रियता प्रति सिरियस नदेखिएको जनाए । बुधबार गाईघाट आईपुगेका नेता खनालले पत्रकार सम्मेलनमा बोल्दै बिदेशी या जसले जे गरेपनि सरकार चुपचाप बसेको आरोप लगाए । बरु भगेरा कराउँछ तर सरकार कराउँदैन सरकारको आवाज छैन्, “खनालले भने, ” उनले सरकार आफ्नो उदेश्य पुरा गर्नका लागि मात्रै बनेको जनाए ।

देश र जनताको लागि सरकार निर्माण नभएको समेत उनले बताए । वर्तमान सरकारकै कारण देश खप्ठेरेमा परेको पनि उनले बताए । सविधान संसोधन सहित ७ बुद्धे समहमतिमा बनेको सरकारको गति ठिक नभएको उनले बताए । खनालले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने बाध्यता नभएको भन्दै बिरोध पनि जनाएको छ । दुई तिहाईको सरकारले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने लाजस्पद रहेको पनि उनको भनाई थियो ।