Friday, February 14News That Matters

आफ्नो मान्छे जोगाउन बनेको सरकार जतिखेर पनि ढल्न सक्छ : खतिवडा

पूर्णपुष्टि, १७ पुष ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले सरकार कतिवेला ढल्छ भन्ने थाहा नभएको बताउनुभएको छ । आज कटारीमा पत्रकारहरुसँग कुरागर्दै उपाध्यक्ष खतिवडाले काँग्रेससँग सौदाबाजी गरेर बनेको सरकारको सौदाबाजि कतिवेला सकिन्छ भन्ने थाहा नभएको बताउनुभएको हो ।
काँग्रेस र एमालेले विभिन्न काण्डहरुमा आप्mना मान्छेहरु जोगाउन यो सरकार गठन भएको उपाध्यक्ष खतिवडाको भनाई छ । “भुटानी शरणार्थी काण्ड लगायतका काण्डमा आप्mना मान्छेहरु फस्नेभएपछी जोगाउन यो सरकार गठन भएको हो ।”उहाँले भन्नुभयो ,“सौदाबाजी सकिन लागेकाले सरकार कतिवेला ढल्छ थाहा छैन् ।”

एकिकृत समाजवादीले सरकार ढाल्ने योजना नबनाउने तर सरकार ढाल्नेलाई सहयोग गर्ने उहाँको भनाई छ । त्यसैगरी माओवादीसँग पार्टी एकीकरण हुन्छ भन्ने हल्ला छ नि रु भन्ने पत्रकारहरुको प्रश्नमा उपाध्यक्ष खतिवडाले आप्mनो पार्टी कसैसँग एकीकरण नगर्ने बताउनुभयो । “हाम्रो पार्टीको कलम चुनाव चिन्हमा कोही मिल्न आउँछन भने स्वगत छ तर हामी अरुको चुनाव चिन्हमा मिल्न जाँदैनौं ।”
पार्टीले केहिदिन अघि मात्रै उदयपुरको २ नम्बर निर्वाचन क्षेत्रमा क्षेत्रिय भेला गरेर हृदयविक्रम तामाङ्गको संयोजकत्वमा क्षेत्रिय कमिटी गठन गरेको थियो । अब जनताको घरदैलोमा समस्या समाधान तर्पm पार्टीले काम गर्ने खतिवडाले बताउनुभयो ।