Wednesday, April 22News That Matters

गाईघाटमा कोशेली गार्मेन्ट उद्योग संञ्चालन, रेडिमेड कपडा उत्पादन सुरु

पूर्णपुष्टि, ३१ असार ।
उदयपुरको गाईघाटमा पहिलो पटक कोशेली गार्मेन्ट उद्योगले तयारी कपडा उत्पान सुरु गरेको छ । यहि असार २७ गतेदेखी जगत भवनमा संञ्चालन भएको उद्योगले सबैखाले तयारी रेडिमेड कपडा उत्पादन सुरु गरेको हो । उद्योगले ट्र्याकसुट, स्कुल ब्याग, सपिङ ब्याग लगायतका अन्य ब्यागहरु र टिसर्ट, कोट प्वाईन्ट जस्ता कपडाहरु अडर अनुसार तयारी गरिने संञ्चालक ज्ञानु प्रधानले जनाईन् ।

उक्त गार्मेन्ट संञ्चालनका लागि ४५ दिने गार्मेन्ट तालिमको पनि आयोजना गरिएको थियो । उद्योगले विद्यालयका लागि ट्र्याक सुटहरु धमाधम निर्माण गरिरहेको छ । उक्त गार्मेन्ट स्थानीय स्तरमै संञ्चालनमा रहेका हुँदा स्थानीय उत्पादनलाई प्रयोग गर्ने आशा लिएको प्रधानले जनाईन् । यसको प्रचार प्रसार र उत्पादित वस्तुको प्रयोग भए स्थानीय उत्पादनलाई टेवा पुग्ने भन्दै सबैले गार्मेन्टले उत्पादन गरेको वस्तुलाई प्रयोग गर्न र आवश्यक कपडाहरुको लागि अडर गर्न सकिने छ । विद्यालयहरुले पोषाकको रुपमा प्रयोग गरिने सबैखाले कपडाहरु अडर अनुसार तयारी गरिने जनाईएको छ ।