Tuesday, April 21News That Matters

गाईघाटमा कडा बजार अनुगमन, ४ पसललाई ७२ हजार जरिवाना

पूर्णपुष्टि, १५ असोज ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तिव्र बनाएको छ । चाँडबाँड नजिकिए सँगै उपभोक्ताहरु ठगिने र कालावजारी मौलाउने भन्दै सचेत गराउने उदेश्य सहित बजार अनुगमन गरिएको हो । प्रशासन कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, करदाता सेवा कार्यालय, घरेलु, खाद्य प्रविधि, राष्ट्रिय अनुसन्धान, भेटनरी तथा पशु सेवा कार्यालय, त्रियुगा उद्योग बाणिज्य संघ लगायतका निकायहरुले मंगलबार बजार अनुगमन गरेका थिए । अनुगमनमा समय नाघेको सामान, ब्यवसाय संञ्चालनको आवश्यक कागजपत्र, मुल्य सुचि, नाप तौल, सरसफाई, कालाबजारी लगायतमा अनुगमन गरेका थिए ।

अनुगमनको नेतृत्व सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीले गरेका थिए । अनुगमनको क्रममा मापदण्ड बिपरिद संञ्चालन गर्ने, ग्राहकहक ठग्ने, र सरसफाई नगर्ने व्यवसायीमाथी कार्वाही गरेको छ । गाईघाट बजारको मुख्य गोदाम क्षेत्र र अन्य स्थानहरुमा अनुगमन गरिएको सहायक जिल्ला प्रमुख अधिकारी लक्ष्मी प्रसाद रेग्मीले जनाए । चाँडबाँडको मुखमा ग्राहकहरु बढी ठगिन सम्भावना रहेको भन्दै अनुगमनलाई तिव्र बनाईएको रेग्मीको भनाई छ । अनुगमन टोलीले खाद्यन्न, कोल्ड्रीङ, मासु पसल, कपडा पसल र होटलमा अनुगमन गरेका हो ।

अनुगमनका क्रममा ४ ओटा पसलाई कर्वाहीनै गरिएको छ । म्याद गुजे्रका सामान, सरसफाई र मापदण्ड विपरिदका भान्सा, नियम विपरिद सामान बिक्रि गर्ने जस्ता गल्ती गर्ने पसललाई जरिवाना गरिएको हो । १८ पसलमा गरिएको अनुगमन मध्ये सत्यन्त्र सप्लयार्स कोर्डिङका डिलरलाई ४० हजार, करमगाछीको रुपेश किराना पसललाई १५ हजार, पुजा मिष्ठानलाई ७ हजार र प्रसान्त किरानालाई १० हजार गरी ४ ओटा पसलाई जरिवाना सहित कार्वाही गरिएको हो ।