Sunday, May 31News That Matters

त्रिनपा १६ को बार्षिक उपलब्धी सार्वजानिक

पूर्णपुष्टि, २८ साउन ।
त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक बर्ष ०८१/०८२ मा गरेको महत्वपूर्ण काम कार्वाहीको प्रगति विवरण सार्वजानिक गरेको छ ।सोमवार वडा कार्यालय स्थित एक कार्यक्रमकाबीच प्रगति सार्वजानिक गरिएको हो । वडाले एक बर्षमा वडाभित्र गरेको कामकार्वाही र गतिविधिलाई सार्वजानिक गरी आवश्यक थप कामहरुबारे सल्लाह सुझाव लिईएको छ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक, टोल विकास संस्था, राजनितिक दल, युवा, महिला, अधिकारकर्मी, बुद्धिजीवी लगायत स्थानीय वडावासीहरुको बृहत उपस्थितिमा बार्षिक प्रगति विवरण सार्वजानिक गरिएको हो ।

वडा अध्यक्ष मान वहादुर राईले वडामा भौतिक पूर्वधार, सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा सिँचाई, रोजगार, गरिवी निवारण, संस्कृति, विपद व्यवस्थापन, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा महत्वपूर्ण कामहरु भएको जनाउनु भयो । वडावासीहरुको हितका लागि वडाले चाल्नु पर्ने पहल कदमीहरु सबै किसिमको परिचालन गरेको र वडाको आर्थिक स्रोत साधन अनुसार सबै गाउँ टोलहरुमा समानन्तर विकासको काम वडाले गरेको अध्यक्ष राईको भनाई छ । वडामा धेरै बजेट नहुँदा साना कामहरुलाई वडाको बजेटले समेटेको भएपनि अन्य ठुलो योजनाहरुका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबाट पहल कदमीमा वडाको समन्वयकारी भुमिका रहेको अध्यक्ष राईले बताउनुभयो । वडाको अधिकार भित्र रहेको सबैखाले न्याय र अधिकारलाई पनि सहजीकरण गर्दै महिला, युवा, जेष्ठ नागरिक, युवा, बालवालिका क्षेत्रमा पनि वडाको निष्पक्ष भुमिका रहेको छ । अन्तत वडावासीलाई आवश्यक पर्ने विकास र सुशासनको पक्षलाई ध्यानमा राखी २०८१/०८२ काम गरिएको निष्कर्श छ । बार्षिक उपलब्धी सँगै वडाले आर्थिक बर्ष ०८२/०८३ को योजना कार्यक्रम तथा बजेट सार्वजानिक कर्यक्रम समेत गरेको छ ।

यस प्रकारको छ वडाको बार्षिक प्रगति तथा उपलब्धीहरु

१.वडास्तरीय विपद व्यबस्थापन समिति गठन तथा वडाभित्र बर्षा विपदबाट भएको क्षेति विवरण संकलन गरि त्रियुगा नगरपालिका लगायत सम्बन्धित निकायमा पेश गर्ने कार्य भएको ।

२. वडा कार्यालयको आयोजनामा आ.व.२०८०÷०८१ को बार्षिक समिक्षा तथा आ.व.२०८१÷०८२ को बजेट तथा योजना सार्वजनिक र बार्षिक प्रगति प्रतिबेदन छपाई सरोकारवालालाई वितरण गर्ने कार्यक्रम सम्पन्न भएको ।

३.वडाभित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यबस्थित बसोबासीहरु ५१४ घरधुरीहरुले जग्गा नापीको आबेदन दर्ता गराएकामा हालसम्म जग्गा नापनक्साको निस्सा वितरण कार्य शाहीखोलाबाट शुभारम्भ गरि धौरी, काभ्रे सिरुवानी, सुकौरा, बेङ्गरी, जाँते बेलदोभान, सिद्रे डिहीटार र भोर्ले गरी वडाभित्रका १४ टोल विकास संस्था मध्ये ९ ओटा टोल विकास संस्थाका ४०१ घरपरिवारलाई आबेदन दर्ता तथा जग्गा नापनक्साको निस्सा वितरण कार्य सम्पन्न भएको छ ।

४. राष्ट्रिय बालदिवस २०८१ को अवसरमा अतिरिक्त कार्यक्रम सञ्चालन गरिएको । जस अन्तर्गत वडाभित्रका सामुदायिक विद्यालयहरुविच हाजिरी जवाफ, बक्त्तृत्वकला र म्युजिकलचियर लगायतका कार्यक्रमको आयोजना गरिएको साथै कक्षा ८ र १० का उत्कृष्ट जी.पी.ए. ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको ।

५.बालअक्षय कोषको बार्षिक व्याज वापतको रु. ५२ हजार रकमबाट ६९ जना विपन्न,आर्थिक अबस्था कमजोर तथा जेहन्दार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरिएको ।

६. आ.व. २०८१÷०८२ को स्वीकृत वडागत बजेटबाट बालबालिका लक्षित कार्यक्रम अन्तर्गत बजेट रकम रु. १ लाखबाट माध्यमिक तथा उच्च शिक्षा अध्ययनरत ४७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग रकम वितरण गरिएको ।

७. रातापानी–बरुवाडहर जोड्ने ८२ मि. लम्बाई भएको बरुवाखोला झोलुङ्गेपुल निर्माण कार्य सम्पन्न भई सेवा सुविधा सुचारु भएको छ । जसबाट बर्षातको समयमा स्थानीयबासीहरुलाई दैनिक आवत जावतमा सहजता आएको छ ।

८. बर्षा तथा विपदबाट क्षेतिग्रस्त वडाभित्रका स्थानीय ६.२५० कि.मी. सडकहरु मर्मत संभार गरी सूचारु गरिएको । जसमा ढोलगैराको आर.सि.सि ढलानमा सुख्खावाल लगाई सडक ढलान संरक्षण भएको ।

९. आ.व.२०८१÷०८२ को योजना कार्यान्वयन गर्न विभिन्न योजनाहरुको उपभोक्ता समितिहरु गठन गर्ने कार्य सम्पन्न भएको ।

१०. आ.व.२०८१÷०८२ को प्रथम, दोश्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

११. शाहिखोला गैरीटोल सडक मर्मत ग्रावेल अन्तर्गत १६० मिटर सडक ग्रावेल र ९ थान ग्याविन जाली लगाई शाहिखोला सिरान टोल जाने कल्भर्ट सुचारु गरिएको ।

१२. यस आ.व.को बार्षिक अवधिमा वडा कार्यालयबाट स्थानीय १७ जना विरामी, आर्थिक अबस्था कमजोर, दुर्घटना तथा विपदमा परेका व्यक्तिहरु र ४ सामुदायिक संघ संस्थाहरुलाई आर्थिक सहयोग गरिएको । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमबाट २ जनालाई उपचारका लागि आर्थिक सहयोग गरिएको ।

१३. वडाभित्र विपदमा रहेका विभिन्न स्थानीय क्षेत्रहरुमा सडक, सिचाई लगायत नागरिकका घर जग्गा संरक्षणका लागि ३२ थान तारजाली वितरण गरि कार्य सम्पन्न गरिएको ।

१४. त्रियुगा नगरपालिकाको नगरस्तरीय अभरमा नगर कार्यक्रमको रु. ४ लाख बजेटबाट बर्षा विपदले क्षेतिग्रस्त फोक्सिन्टार फेदीको बरुवाखोला मन्धने दोभान सडक मर्मत बे्रकरबाट ३८ मिटर सडक चौडा र १९ थान जाली ग्याविन लगाई सडक स्तरउन्नति गरिएको ।

१५. जनतासंग उपमेयर कार्यक्रम अन्तर्गत लाटाङ खोला खोलिटार सिचाइ पाईप योजनामा ६३ एम.एमको १०० मिटर र ५० एम.एम. को ३०० मिटर पाईप राखि सिचाई कुलो मर्मत गरिएको ।

१६. वडाको उज्यालो वडा कार्यक्रम अन्तर्गत वडाको आहाले बतासे, आँपडाडा, रातापानी टोलहरुमा २१ थान पोल विद्युत सुविधा विस्तारका साथै आहालेमा ५० केभिए क्षमता भएको टान्सफर्मर राख्नेकार्य सम्पन्न भएको ।

१७. यस आ.व.मा वडाका सा.सु.भत्ता लिने ४१२ जना लाभग्राहीहरुको समय मै कार्ड नविकरण तथा भत्ता रकम वितरण कार्य सम्पन्न गरिएको ।

१८. वडागत बजेट रकम रु. १ लाखबाट चुनिया खोला पुलमुनि सिचाइ कुलो मर्मत अन्तर्गत १२ मिटर सिमेन्टेट वाल र १५ मिटर ढलान गरी सिचाई कुलो मर्मत गरी सुचारु गरिएको ।

१९. वडागत बजेट रकम रु. २ लाखबाट पंचावती आ.बि. सिद्रे जाते भवन मर्मत अन्तर्गत ४ कोठामा प्लाष्टर र रङरोगन समेत गरिएको ।

२०. वडागत बजेट रकम रु. १ लाख ५० हजारबाट मा. वि. चिलाउने भन्ज्याङ भवन मर्मत पुरानो दुईतले भबनमा रङरोगन र भ¥याङमा जस्ताको छाना लगाउने कार्य सम्पन्न भएको ।

२१. युवा लक्षित तथा खेलकुद कार्यक्रम अन्तर्गत वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको साथै वडाभित्रका ८ सामुदायिक विद्यालयलाई खेलकुद सामग्री समेत वितरण गरिएको ।

२२. कोशी प्रदेश सरकारको सहयोगमा बर्षा विपदले क्षेतिग्रस्त स्थानीय खानेपानी योजनाहरुलाई ३२ एम.एम.को ६०० मि. र २० एम.एम.को ९०० मि. पाईप वितरण गरि खानेपानी सुचारु गरिएको ।

२३. यस आ.व.भित्र नयाँ नागरिकता सिफारिस ः ११९ जनाको, प्रतिलिपि सिफारिस ः ९१ जनाको भएको छ साथै यस वडाले २०८१ माघ महिनाबाट नागरिकताको अनलाईन सिफारिस सेवाको शुभारम्भ गरेको छ ।

२४. वडा जनप्रतिनिधि र कर्मचारीहरुबाट विपदको क्षेतिग्रस्त स्थलको अनुगमनका साथै संचालित योजनाहरु अनुगमन गर्ने कार्य नियमितरुपमा भएको ।

२५. समाजसेवी हरि बहादुर राउतको सहयोगमा यस वडाका ८० बर्ष उमेर नाघेका १० महिला र १० पुरुष जेष्ठ नागरिकहरुलाई जाडोको न्यानो कपडा वितरण भएको ।

२६. दाजुभाइ समूह दोहा कतारको सहयोगमा यस वडाका २ विपन्न घरपरिवारलाई नगद रकम रहित ओड्ने कपडा उपलब्ध भएको ।
२७. साना सिचाई कार्यक्रम अन्तर्गत बजेट रकम रु. २२ लाख २३ हजार लगानी गरी ढाटे माथिल्लो सिचाई कुलो मर्मत गरिएको जसमा ४५० मि. सिमेन्टेड च्यानल, १६० मि. पाईप र २८ थान जाली लगाई सिचाई कुलो मर्मत कार्य सम्पन्न ।

२८. साना सिचाई कार्यक्रम अन्तर्गत भोर्ले मुल सिचाई कुलो बजेट रकम रु. ३० लाख ७६ हजारबाट सिचाई कुलो मर्मत गरिएको जसमा ७११ मि. सिमेन्टेड च्यानल, १६२ मि. पाईप, ४ थान टंकी निर्माण र २९ थान जाली लगाई सिचाई कुलो मर्मत कार्य सम्पन्न ।

२९. बेल्दोभान बलौटेनीमा वडागत २ लाख बजेटबाट कृषि उपज संकलन तथा पशुपंछी खरिद तथा बिक्री केन्द्र भवन निर्माण भएको ।

३०. स्वास्थ्य चौकि चिलाउने प्रसुति केन्द्र भवन मर्मत गरिएको जस अन्तर्गत २ ओटा कोठामा टायल लगाउने, भवनको बरण्डा मर्मत र प्लाइउडबाट कोठा पार्टेशन गर्ने कार्य सम्पन्न भएको ।

३१. त्रियुगा नगरपालिका वडा नं. १४, १५ र १६ को आयोजनामा हिलस्टेशनको शुभारम्भ तथा शिलान्यास कार्यक्रम पूर्व संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री श्री सुदन किराँतीबाट त्रि.न.पा. १५ को बैथुम्कीमा सम्पन्न भएको छ ।

३२. वडा कार्यालय जोड्ने धौरी–कर्कले सडक निर्माण योजना अन्तर्गत वडागत बजेट रु. ५ लाखबाट ४ मि. चौडा भएको करीव ११०० मि. नयाँ सडकको ट्रयाक खोलि सडक निर्माण गरिएको छ । जसबाट स्थानीयबासी तथा खासगरी विद्यालय आउने विद्यार्थीहरुलाई दैनिक आवत जावतमा सहजता आएको छ ।

३३. बर्षा विपदको समयमा क्षेतिग्रस्त वडा कार्यालय आउने मूख्य सडक ढोलगैरामा रु. २ लाख बजेटबाट २० थान जाली लगाई सडक मर्मत गरिएको साथै बेङरी खोलामा ७ थान जाली लगाई सिचाई कुलो समेत मर्मत भएको ।

३४. भोर्ले आले मश्राङगी टोल सडक निर्माण भएको जसमा ३ मि. चौडा र ५०० मी. लम्बाई भएको नया सडकको ट्रयाक निर्माण गरिएको ।

३५. यस आ.व.को वडागत बजेटबाट आधारभूत विद्यालय बेङ्री भवन मर्मत तथा व्यबस्थापन भएको बरन्डामा ढलान, हज निर्माण, कक्षाकोठामा कार्पेट बिच्छाउने कार्य र ५०० लि. पानी ट्यांकी व्यबस्थापन गरिएको ।

३६. मा.वि. भोर्ले भवन मर्मत तथा रंगरोगन अन्तर्गत वडागत बजेट २ लाखबाट दुई तले भवनमा रंगरोगन र भ¥याङमा स्टील रेलिङ लगाउने कार्य सम्पन्न ।

३७. आधारभूत स्वास्थ्य सेवा केन्द्र सुकौरा घेराबेरा गरिएको जस अन्तर्गत अगाडी र पछाडीको भागमा ३१ मी कम्पाउण्ड वाल २ थान गेटको आर सि.सि. पिलर निर्माण भएको ।

३८. आदिवासी जनजाति लक्षित कार्यक्रम अन्तर्गत वडा कार्यालय र सोम लाईफ केयर एण्ड डाईगनोस्टिक प्रा.लि.को समन्वय प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको। जसमा १६० जना विरामीहरुको स्वास्थ्य परीक्षण, भिडियो एक्स रे, जेनेरल ओपिडी स्वास्थ्य परामर्श सेवा उपलब्ध भएको ।

३९. वडागत बजेटबाट वडा कार्यालय व्यबस्थापन गरिएको जस अन्तर्गत २ सेट सोफासेट, प्लाष्टिक कुर्सी लगायतका सामग्री व्यबस्थापन भएको ।

४०. दलित लक्षित कार्यक्रम अन्तर्गत १० घर दलित परिवार छनौट गरि ९ घरलाई आरान मेसिन र १ घरलाई ग्रेन्डर मेसिन वितरण गरिएको ।

४१. अपांग तथा जेष्ठ नागरिक लक्षित कार्यक्रमबाट ८० बर्ष माथिको जेष्ठ नागरिक ४७ जना र क बर्गका अपांग १५ जना गरि जम्मा ६२ जनालाई फाईवर सिरक वितरण गरिएको ।

४२. काभ्रे सिचाई कुलो मर्मत भएको जसमा १६० एम.एम.को एच.डि.पि. पाईप ८४ मी. उपलब्ध भई होल खनेर पुर्ने कार्य सम्पन्न भएको ।

४३. यस आ.व.मा वडाका विभिन्न टोलहरुमा सडकबत्ति बिस्तार तथा व्यवस्थापन भएको । जसमा शाहिखोला, भोर्ले, बेङ्री, काभ्रे, सिदाली र फोक्सिन्टारमा गरि ५५०० मीटर तार, २१२ वटा १८ वाटको एल.ई.डि. बल्ब लगायत अन्य विद्युतिय सामग्री खरिद गरी सडक बत्ति बिस्तार गरिएको साथै साविक सडकवत्ती विस्तार भएका स्थानहरु सुकौरा, बेङ्री, आहाले र चिलाउने भन्ज्याङमा समेत सडकबत्ति मर्मत गरिएको ।

४४. महिला लक्षित कार्यक्रमबाट ४६ जना महिलाहरुको क्षमता तथा नेतृत्व विकास तालिम र ४२ जना किशोरीहरुलाई मनोविमर्श तथा स्वःहेरचाह सम्बन्धि तालिम सम्पन्न भएको ।

४५. यस आ.व.मा पञ्जीकरण तथा व्यक्तिगत घटना दर्ता सम्बन्धीका प्रगति विवरण निम्न रहेका छन् ।
 जन्मदर्ता ः पुरुष ५०, महिला २८ जम्मा ः ७८ जना
 मृत्युदर्ता ः पुरुष २०, महिला १३ जम्मा ः ३३ जना
 सम्बन्धविच्छेद ः १२ जोडी
 विवाह दर्ता ः ३६ जोडी
 बसाई सरी आएको परिवार संख्या ः २ (१३ जना)
 बसाई सरी गएको परिवार संख्या ः १३ (४२ जना)
 जम्मा घटना दर्ता संख्या ः १७४
४६. सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहि संख्या ः जम्मा ४१२ जना । जसमा अन्य जेष्ठ नागरिक २३२, दलित जेष्ठ नागरिक १९, एकल महिला जेष्ठ नागरिक २७, विधवा ६७, क बर्ग अपांग १४, ख बर्ग अपांग २९ र दलित बालबालिका २४ रहेका छन् । लाभग्राहीहरुलाई त्रैमासिकरुपमा बैंकसंग समन्वय गरी वडा कार्यालयबाट भत्ता वितरण गरिएको ।

४७. वडा कार्यालयको आयोजनामा वडाभित्र सामाजिक सुरक्षा भत्ता प्राप्तगर्ने लाभग्राहिहरुको वायोमेट्रीक गर्न वडाका ५ स्थानहरु (वडा कार्यालय, आहाले, शाहीखोला, सुकौरा, जाँते) मा घुम्तिसेवा सञ्चालन गरी लाभग्राहीहरुलाई सहजरुपमा सेवा सुविधा प्रदान गरिएको ।

४८. ऐलानी जग्गा नापी तथा निस्सा वितरण कार्यक्रम अन्तर्गतको प्रगति विवरण ।
 जम्मा निवेदन ः ५१४
 अनलाईन फारम दर्ता ः ४०१
 निस्सा वितरण ः ४०१
 फारम ईन्ट्री गर्न ः ११३ बाकी ।
 जग्गा नापी भई सकेको टोल विकास संस्था ः ९
 नापी गर्न बाकी टोल विकास संस्था ः ५

४९.यस आ.व.मा अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गतको प्रगति विवरण यस प्रकार रहेका छन् ।
 जाल्पा अपांग मिलिजुली समूह ः १ ( २८ जना सदस्य रहेको)
 सहायक सामग्री वितरण ः १० जना
 आर्थिक सहयोग ः २ जना ( जनही रु. २० हजारका दरले उपलब्ध भएको)
 स्वास्थ्य उपचार जिल्ला अस्पतालमा ः ८ जना
 घरमा आधारित शिक्षा ः १ जना
 शैक्षिक सामग्री तथा स्कूल व्याग सहयोग ः २ जना
 कार्ड परिवर्तन ः १ जना र नयाँ कार्ड निर्माण ः २ जना
 व्यवसायिक तालिममा सहभागि ः १ जना (सविना तामाङ)
 २०८२ को लागि सहायक सामग्री सहयोग सिफारिस ः २३ जना
 गृह भेट परामर्श र अनुगमन ः २० घर ।

५०. लैगिक हिंसा प्रतिकार्य परियोजना अन्तर्गत निम्न प्रगति तथा उपलब्धिहरु हासिल भएका छन् ।
 लैङ्गिक हिंसा प्रभावित ९ जना महिलाहरुको केस पहिचान गरी मनोसामाजिक सहयोग लगायत विभिन्न सेवाको लागि प्रेषण गरेको ।
हिंसाको प्रकार
क्र.स. हिंसाको प्रकार महिला पुरुष अन्य
१ शारीरिक दुव्र्यवहार( कुटपिट,धकेल्ने) २ ० ०
२ स्रोत ,सेवा र अवसरबाट बन्चित ४ ० ०
३ भावनात्मक,मानशिक यातना २ ० ०
४ यौनदुव्र्यवहार (जबजस्ति गर्न खोजेको ) १ ० ०

 यो समय अवधिमा मनोसामाजिक तथा लैङ्गिक हिंसा सम्बन्धि टोल विकास तथा समुदायमा जम्मा ९ वटा र विद्यालयमा १ वटा जम्मा १० वटा कार्यक्रम सम्पन्न भएको ।
 यो समय अवधिमा लैङ्गिक हिंसा प्रभावित व्यतिmको २ वटा बच्चालाई पढ्नका लागि ओ.सि.एम.सि.सँग समन्वय गरी प्रकृया अघि बढाइएको छ ।
 २० जना सेवाग्राहिको घरभेट गरि मनोशिक्षा प्रदान गरिएको ।
 ९ जना केस फलोअप भएको ।

५१. त्रियुगा नगरपालिका मेड्पा कार्यक्रम अन्तर्गत यस वडामा ८ दिने कफी खेति सम्बन्धी २५ जना कृषकहरुलाई तालिम सम्पन्न ।

५२. त्रियुगा नगरपालिका कृषि विकास शाखाबाट कफी खेति क्षेत्रको अनुगमन क्लष्टर निर्माण र वडास्तरीय कृषि विकास समितिबाट वडाका ५७ जना अगुवा कृषक छनौट कार्य सम्पन्न भएको ।

५३. त्रियुगा नगरपालिका, वडा कार्यालय र विद्यालय साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाको जेसीविबाट आ.वि.जाते सिद्रेको कम्पाउण्ड तथा खेल मैदान निर्माण कार्य सम्पन्न भएको ।

५४. त्रियुगा नगरपालिका, वडा कार्यालय र विद्यालय साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाको जेसीविबाट मा.वि.चिलाउने भन्ज्याङको खेल मैदान निर्माण कार्य सम्पन्न भएको ।

५५.त्रियुगा नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा यस वडामा क्षयरोगका रोगी पहिचान तथा खोजपड्ताल सम्बन्धी सरोकारवालाको अभिमुखिकरण सम्पन्न ।

५६. त्रियुगा नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा यस वडाको आ.स्वा.से.केन्द्र सुकौरामा क्षयरोगका रोगी पहिचान सम्बन्धी शिविर सम्पन्न । (जसमा १९० जनाको परीक्षण भएको) ।

५७. त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्र तथा वडा कार्यालयको आयोजनामा यस वडास्थित आहाले गाउँमा न्यूनत्तम रोजगार नागरीकको अधिकार सम्बन्धी २५ जना सरोकारवालाको सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

५८. त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसै वडाको सुकौरा केन्द्रमा २० जना र गाईघाट केन्द्रमा ४ जना गरी यस वडाका २४ जना सूचिकृत बेरोजगार व्यक्तिहरुलाई डकर्मी तालिमको आयोजना गरी क्षमता विकास गरिएको ।

५९. प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी अन्तर्गत वडाको डिहीटार अम्बोके सिद्रे डहर कृषि सडक निर्माण योजनामा १० जना कामदारहरु परिचालन गरी २.५ मि.चौडाइ भएको ५७० मि. नयाँ सडक निर्माण, ४८० मि.लम्बाई भएको सडक मर्मत साथै १५ थान तारजाली लगाउने कार्य सम्पन्न भई विकट गाउँमा सडक विस्तार तथा स्तरोन्नति भएको छ ।

६०. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाको कुसुमटार धौरी कृषि सडक निर्माण योजनामा १० जना कामदारहरुबाट २.५ मि.चौडाइ भएको २०० मि.र १.५ मि.चौडाइ भएको ७०० मि. गरी जम्मा ९०० मि. नयाँ कृषि सडक निर्माण भएको छ ।

६१. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाको भोर्ले सिदाली कृषि सडक निर्माण योजनामा ७ जना कामदारहरुबाट १.५ मि.चौडाइ भएको ८०० मि. नयाँ कृषि सडक निर्माण भएको छ ।

६२. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाको बरुवा खोला अकर सिम्ले कृषि सडक निर्माण योजनामा ७ जना कामदारहरुबाट १.५ मि.चौडाइ भएको ९०० मि. नयाँ कृषि सडक निर्माण भएको छ ।

६३. सुनौलो टोल विकास संस्थाले सुकौरा बजार सरसफाइ तथा सुकौरादेखि त्रियुगा खोलासम्म सडक मर्मत सुधार तथा सरसफाइको कार्य सम्पन्न गरेको ।

६४.काभ्रे सिरुवानी टोल विकास संस्थाले सुकौरादेखि आँपडाडा ढोलगैरासम्म सरसफाइको कार्य सम्पन्न गरेको छ ।

६५.जाल्पादेवी टोल विकास संस्था चिलाउने भन्ज्याङ्गदेखि चुनियाँ खोलासम्म, हाईडाडादेखि कर्कले, बोडीबारी मन्धनेसम्म सडक सरसफाइ गरेको छ ।

६६. महादेव टोल विकास संस्था फोक्सीन्टारले जाल्पामहादेव थान बेलदोभान झरनाको हाता मmाडी सरसफाइ र गैरीगाउदेखि बरुवाखोलासम्म सडक सरसफाइ गरेको ।

६७. स्वास्थ्य चौकी चिलाउने मार्फत एम्बुलेन्स सेवा संचालन गरिएको सो सेवाबाट २०८२ अषाढ महिनाको मशान्तसम्ममा रु. ८ लाख ८९ हजार ३ सय पचहत्तर आम्दानी भई माछापुच्छ्रे बैंंकमा रकम जम्मा भएको ।

६८. त्रियुगा नगरपालिका स्वास्थ्य शाखा र वडा कार्यालयको आयोजनामा डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि १ दिवशीय २५ जना स्थानीय सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियानका लागि जनचेतना अभिबृद्धि गर्ने कार्य सम्पन्न गरिएको छ ।

६९. त्रिनपा–१६ वडा कार्यालयको सहयोग तथा समन्वयमा हेभेन्ली निर्माणा पाथ सुकौरा इकाईको आयोजनामा सात दिवशिय निःशुल्क आ.म.श.उपचार शिविर सम्पन्न भएको छ । उक्त उपचार शिविरबाट विभिन्न ४०० भन्दाबढी विरामीहरुले निःशुल्क उपचार सेवा लिई लाभान्वित भएका छन् ।

७०. एन्फा महासचिव किरण राईबाट यस वडा कार्यालय मार्फत प्राप्त भएका खेलकुद सामग्री तथा जर्सी र बाल अक्षय कोषको सहयोग रकम श्री मा.वि.भोर्ले परिवारलाई हस्तान्तरण गरिएको छ । साथै शाहीखोला टोलका युवाहरुलाई फुटवल समेत हस्तान्तरण भएको छ ।

७१. त्रियुगा नगरपालिका कृषि विकास शाखा र वडा कार्यालयको आयोजनामा वडाका स्थानीय कृषकहरुका लागि लहरे तरकारी बाली सम्बन्धी एक दिवशीय तालिम सम्पन्न भएको छ । जसबाट २५ जना स्थानीय कृषकहरु लाभान्वित भएका छन् ।

७२.स्वास्थ्य चौकी चिलाउनेद्वारा त्रियुगा नगरपालिका १६ नं. वडाभित्रका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई पूर्णखोप तथा दीगोपना प्रमाणिकरण कार्यक्रम सम्पन्न भएको ।

७३. त्रियुगा नगरपालिका वडा नं. १६ को आयोजनामा वडाको ५ बर्षिय आवधिक योजना निर्माण सम्बन्धी २ दिवशिय कार्यशालामा स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि लगायत करीव १०० जना सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको ।

७४. वडा कार्यालयको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बार्षिक समिक्षा तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको ।

७५.त्रियुगा नगरपालिका सहकारी तथा लघु उद्यम विकास शाखा मेड्पा कार्यक्रम अन्तर्गत यस वडाका २५ जना कफी खेती गर्ने कृषकहरुलाई ३ दिने कफी उत्पादन तथा प्रशोधन सिपमूलक तालिम प्रदान गरी वडाका आहाले, सिदाली र चिलाउने भन्ज्याङ्गका कृषकहरुलाई ३ थान कफी छोडाउने मेशिन प्रविधि हस्तान्तरण समेत गरिएको ।

७६. यस वडामा बालबालिकाहरुको संस्था वडास्तरीय बालसञ्जाल गठन भई क्रियाशिल रहेको छ ।

७७. यस आ.व.मा त्रियुगा नगरपालिका वडा नं. १६ भित्र वडा कार्यालय र सा.व.उ.स. सुरक्षित नागरीक आवास कार्यक्रम अन्तर्गत सरस्वती सा.व.उ.स.बेलदोभानले स्थानीय उपभोक्ताहरु ६८ घरधुरी र डुकुरसिं सा.व.उ.स.धौरीले ४ घरधुरीलाई जस्तापाता वितरण गरी घर निर्माण कार्य सम्पन्न भएको छ ।

७८. यस आ.व.मा सामुदायिक विकास कार्यक्रम अन्तर्गत बजेट रकम रु. ७ लाखबाट सरस्वती सा.व.उ.स.बेलदोभानले ५२ थान जाली लगाई बेलदोभान बजार संरक्षणका लागि बरुवा खोलामा तटबन्ध निर्माण कार्य सम्पन्न गरेको छ ।

७९. त्रियुगा नगरपालिका कृषि विकास शाखाको सहयोगमा यस वडाको विकट गाउँ धौरीमा कुटान पिसान मिल सञ्चालनमा आएको छ ।

८०. त्रियुगा नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा यस वडाको स्वास्थ्य चौकी चिलाउनेको न्यूनत्तम सेवा मापदण्ड फलोअप तथा समिक्षा कार्यक्रम सम्पन्न भएको ।

८१. वडा कार्यालयद्वारा घोषित सुत्केरी आमा पोषण कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी चिलाउने भन्ज्याङ्ग प्रसुतिकेन्द्रमा सुरक्षित प्रसुति गराएका १० जना महिलाहरुलाई जनही ५०००।– (पाँच हजार) का दरले नगद रकम वितरण भएको जसबाट सुत्केरी महिलालाई पोषणका मात्रा पुरा गराउन सहयोग पुगेको ।

८२. त्रियुगा नगरपालिका कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना अन्तर्गत हेफर प्रोजेक्टबाट यस वडाका जाल्पा सिम्ले स्वाबलम्बन महिला समूह र धौरी स्वाबलम्बन महिला समूह २ ओटा समूहलाई कृषि सामग्री र मिनि किट (क्रेट,टनेल र मिनि किट) हस्तान्तरण भएको ।

८३. कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु. ४ लाख ७५ हजार बजेटबाट बर्षा विपदका कारण क्षेतिग्रस्त आ.वि.बेङ्गरी को २ कोठे भवन मर्मत कार्य भएको ।

८४. कोशी प्रदेश सरकारको रु. १० लाख बजेटबाट जाल्पा महादेव थान र बेलदोभान झरनामा मेशनरी वाल, सिढी तथा रेलिङ्ग लगाउने कार्य सम्पन्न भएको ।

८५. कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको आ.व.२०८१÷०८२ मा स्वीकृत २० लाख बजेटबाट यस वडाको सुकौरा वडा कार्यालय आउने चुनियाँ खोला कशेनी खण्ड ७७.५० मिटर सडक ढलान र ९ थान जाली लगाउने कार्य सम्पन्न भएको । निर्माण कार्य पश्चात प्रदेश सभा सदस्य माननीय सम्झना पाख्रिनको नेतृत्वमा स्थानीय सरोकारवालाहरुबाट योजनाको अनुगमन गरी छलफल अन्तक्र्रिया सम्पन्न भएको ।

८६. कोशी प्रदेश सरकार पर्यटन मन्त्रालयको आ.व.२०८१÷०८२ मा स्वीकृत बजेट रकम रु. २० लाखबाट जाल्पादेवी थाने सिढी तथा रेलिङ्ग निर्माण कार्य सम्पन्न पश्चात प्रदेश सभा सदस्य माननीय श्री सम्झना पाख्रिनको नेतृत्वमा स्थानीय सरोकारवालाहरुबाट योजनाको अनुगमन गरी छलफल अन्तक्र्रिया सम्पन्न भएको ।

८७. त्रियुगा नगरपालिकाको उपप्रमूख महेश्वरी राईको नेतृत्वमा वडाका जनप्रतिनिधि, कृषि विकास शाखा र वडाका कर्मचारीहरु सहितको टोलीले वडाभित्रका कफी खेतीको अनुगमनका साथै कृषकहरुसंग छलफल अन्तक्र्रिया भएको ।

८८. कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको आ.व.२०८१÷०८२ मा स्वीकृत बजेट रकम रु. २० लाखबाट तल्लो बेङ्गरीदेखि माथिल्लो बेङ्गरी जाने बेङ्गरी खोलामा ६ मिटर लम्बाई र चौडाई ५ मिटर भएको स्ल्याप कल्भर्ट निर्माण कार्य सम्पन्न भई सेवा सञ्चालनमा आएको छ ।

८९. कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको आ.व.२०८१÷०८२ मा स्वीकृत बजेट रकम रु. २० लाखबाट तल्लो बेङ्गरीदेखि माथिल्लो बेङ्गरी जाने सडक मर्मत तथा स्तरोन्नति अन्तर्गत सडक ग्राभेल, रिटेनिङ्ग वाल र ह्युमपाईप राख्ने कार्य सम्पन्न भएको छ ।

९०. कोशी प्रदेश सरकार खानेपानी मन्त्रालयको आ.व.२०८१÷०८२ मा स्वीकृत बजेट रकम रु. १५ लाखबाट धौरी लिफ्टिङ्ग खानेपानी योजना अन्तर्गत १८ हजार लिटर क्षमता भएको टंकी निर्माण र खानेपानी पाईप लाईनमा विछ्याउने जिआई तथा एचडिपी पाईप व्यबस्थापन भएको ।

९१. त्रियुगा नगरपालिका वडा नं. १६ वडा कार्यालय र सा.व.उ.स.समन्वय साझेदारी अन्तर्गत सरस्वती सा.व.उ.स.बेलदोभानले यसै आ.व.मा बजेट रकम रु. ३ लाखबाट स्थानीय सेवाक्षेत्रभित्रका सिद्रे सिचाई कुलो, बलौटेनी सिचाई कुलो, छतिवने सिचाई कुलो, देवीथान सिचाई कुलो, लाटाङ्ग बगर सिचाई कुलो र सिमलचौर सिचाई कुलो गरी ६ ओटा सिचाई कुलोहरु मर्मत सुधार गरिएका छन् ।

९२.त्रियुगा नगरपालिका स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत यस वडालाई कफी खेतिको पकेट क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरेको छ । यस अनुरुप स्थानीयस्तरमा कफी खेति प्रबद्र्धन गर्ने काम समेत भईरहेको छ । वडाले यस बर्ष कफीको विरुवा उत्पादन र वितरणमा जोड दिएको छ । कफीका विरुवा उत्पादन गर्ने कृषकहरुलाई लक्षित गरी २ हजार लि.क्षमता भएको हिल टंकी थान ३ र ग्रिनरी जाली समेत वितरण गरिएको छ भने त्रियुगा नगरपालिका सहकारी तथा उद्यम विकास शाखाबाट २ हजार लि.क्षमता भएको हिल टंकी थान २ सहयोग भई कृषकहरुलाई वितरण गरिएका छन् ।

९३. अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत वडास्तरीय मिलिजुली समूह गठन भएको छ ।

९४. कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आ.व.२०८१÷०८२ मा स्वीकृत बजेट रकम रु. १५ लाखबाट आधारभूत स्वास्थ्य सेवा केन्द्र जाँतेको भवन निर्माण अन्तर्गत जग लगाई गाह्रो निर्माणको कार्य भएको छ ।

९५. कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बजेट रकम रु. ४ लाखबाट पञ्चावती आ.वि.जाँते सिद्रेको विद्यालय भवन निर्माण अन्तर्गत भवनको जग र छाना लगाउने कार्य सम्पन्न भएको ।

९६.यस वडाको सिद्रे डिहीटार अम्बोके टोल विकास संस्थाको अगुवाईमा जनसहभागिता तथा जनश्रमदानमूलक कार्यबाट बर्षाबाट अबरुद्ध सिद्रे डिहीटार बेलदोभान सडक मर्मत सुधार गरी सुचारु गरिएको छ ।

९७. त्रियुगा नगरपालिका पशुसेवा शाखाबाट यस वडामा भएका पशुसेवा र कृषकहरुलाई व्यवसायिक पशुपालन अनुदान सहयोग अन्तर्गत निम्न प्रगति तथा उपलब्धिहरु हासिल भएका छन् ।
 पशु वीमा कार्यक्रम (गाई,भैसी र बाख्रा) संख्या– १५१
 पशु उपचार बन्ध्याकरण संख्या– १६९
 रेविज खोप संख्या– ९०
 गाई भैसीमा खोरेत खोप संख्या– ६००
 बाख्राहरुमा पि.पि.आ.र.खोप संख्या– ४५००
 थुनेलो रोग नियन्त्रण संख्या– १०
 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बाख्राको खोर सुधार कार्यक्रम ः ३ लाख (५० प्रतिसत अनुदान)
(क) यसुका कृषि तथा पशुपंक्षी फर्म ( प्रो.सरीता राई)
(ख) संगम कृषि तथा पशुपंक्षी फर्म ( प्रो.इन्दिरा राना मगर)
 त्रियुगा नगरपालिका पशुसेवा शाखाबाट वीऊ वोका अनुदान ः २० हजार अनुदान र ६ हजार ६ सय ६७ रुपैंया कृषक लागत साझेदारी (७५ प्रतिसत अनुदान)
(क) यसुका कृषि तथा पशुपंक्षी फर्म (प्रो.सरीता राई)
 जाल्पा भैसीपालन कृषक समूह बेङ्गरीका सदस्य नारायण ब.कार्की र पदम ब.राउतलाई इलेक्ट्र«ीक च्यापकटर मेशिन थान २ (७५ प्रतिसत) अनुदान सहयोग भएको ।

९८. त्रियुगा नगरपालिका कृषि विकास शाखाबाट यस वडालाई कफी पकेट क्षेत्रको रुपमा विकास गर्न स्थानीय व्यबसायिक कफी उत्पादन गर्ने कृषकहरुलाई ७००० कफीको विरुवा वितरण गरी रोपण गरिएको छ ।

९९. संघीय खानेपानी तथा ढल निकास विभागको आर्थिक सहयोगमा सरस्वती खोला खा.पा. तथा सरसफाइ आयोजना अन्तर्गत बरुवा बृहत खानेपानी योजनाको खानेपानी मुहानमा इन्टेक निर्माण, पानी जम्मा गर्ने टंकी थान–८ ( ५ घ.मी.देखि ३० घ.मी.क्षमता भएको) र महानदेखि पानी जम्मा गर्ने टंकीसम्म मूल पाईप लाईन खनेर पाईप विछ्याउने कार्य सम्पन्न हुने चरणमा रहेकोे छ ।

१००.त्रियुगा नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत नगरपालिकाको आर्थिक लगानीमा यस वडाको वडा कार्यालयको भवन तला थप ठेक्का प्रकृयाबाट पिलर निर्माण तथा झ्याल लेवलसम्म ईटाको वाल लगाउने कार्य सम्पन्न भएको छ ।

१०१. यस वडाको महादेव टोल विकास संस्था फोक्सीन्टारको नेतृत्वमा वडा कार्यालय, स्थानीयबासी तथा सहयोगी व्यक्तिहरुको आर्थिक सहयोगमा बेलदोभान फोक्सीन्टार सडक खण्ड ढुंगाको सिमेन्ट मेशनरी वाल लगाई सडक मर्मत सुधार गरिएको छ ।

१०२. त्रियुगा नगरपालिका कृषि विकास शाखाबाट यस वडाको यसुका कृषि तथा पशुपंक्षी फर्म बेलदोभानलाई कृषि सिचाई सुविधा विस्तारका लागि ३०० मि. (३२ एम.एम.साइज) पाईप वितरण भएको छ ।

१०३. यस आ.व. २०८१÷०८२ मा त्रि.न.पा. १६ वडा कार्यालय तथा वडा मेलमिलाप समितिमा ४१ लिखित मौखिक उजुरी तथा गुनासोहरु आएकोमा ३७ ओटा उजुरी तथा गुनासो मेलमिलाप गरी समाधान गरिएका छन् भने ४ ओटा केशहरु सम्बन्धित नीकायमा रेफर भएका छन् ।
 घरेलु हिंसा÷झैं झगडा संख्या– ७
 गाली गलौज र कुटपिट संख्या– ११
 जग्गा साँध सिमाना किचलो संख्या– ६
 सडक तथा बाटो विवाद संख्या– ५
 आर्थिक लेनदेन संख्या– ४
 सिचाई कुलो विवाद संख्या– २
 मजदुर ज्याला संख्या– २
 अन्य विविध रेफर संख्या– ४

१०४ आ.व. २०८२÷०८३ को नीति कार्यक्रम प्राथमिकता ः वडागत योजना कार्यक्रम र बजेट विवरण
१ वडाको आवधिक योजना निर्माण गरी कार्यान्वयन गर्ने गराउने ।
२ वडाभित्रका मूख्य वडा केन्द्र पहुच सडक पूर्वाधारको स्तरउन्नतिलाई प्राथमिकतामा राख्ने साथै बजेट विनियोजनका लागि थप पहल गर्ने ।
३ प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउने साथै एक घर एक धारा जडानमा जोड दिने ।
४ वडालाई कफी खेतिको पकेट क्षेत्रको रुपमा विकास गरी स्थानीय रोजगारी प्रबद्र्धन गर्दै आयआर्जन विकासमा जोड दिने ।
५ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत नागरिकहरुको घर निर्माण कार्य प्रभावकारीरुपले कार्यान्वयन गर्ने गराउने ।
६ वडालाई पूर्ण विद्युधिकरण वडा घोषणाका लागि विशेष पहल गर्ने गराउने ।
७ व्यवसायिक कृषि,पशुपालन क्षेत्रको विकास,स्वरोजगारी प्रबद्र्धनमा सहयोग गर्ने योजना छनौट गर्ने ।
८ सामुदायिक शिक्षा र स्वास्थ्य सेवा प्रविधिमैत्री तथा गुणस्तरीय बनाउन योजना छनौट गर्ने ।
९ बाल तथा मातृमृत्यूदर घटाउने साथै पूर्ण सरसफाइ,बालमैत्री स्थानीय शासन र पूर्ण खोप कार्यान्वयन सम्बन्धीका योजना ।
१० नगरको आवधिक योजनाले प्राथमिकतामा राखेको दीर्घकालिन लाभ दिनसक्ने योजनामा लगानी बढाउने ।
११ जनजाति,आदीवासी,दलित र सिमान्तकृत समुदायलाई लाभ पुग्ने योजना ।
१२ पूर्वाधार विकास अन्तर्गत विशेष महत्वको सडक, खानेपानी,सिचाई र विद्युत विस्तारको योजना ।
१३ स्थानीय हाट बजार र पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याउने योजना ।
१४ विपद व्यबस्थापन तथा विपदले क्षेति पु¥याएको संरचनाको मर्मत तथा पुःननिर्माण सम्बन्धी योजना ।
१५ युवा स्वरोजगारका लागि व्यवसायिक तालिम, खेलकुद विकास,ग्रामिण सूचना प्रविधिको विकास सम्बन्धी योजनाहरु ।
१६ आर्थिक अबस्था कमजोर, आर्थिक तथा सामाजिकरुपले पछाडी पारिएका समुदायको आयआम्दानी बृद्धि गरि गरिवी घटाउने योजनाहरु ।
१७ जनसहभागिता बढाई साझेदारीमा कार्यान्वयन हुने योजनाहरु ।
१८ सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा सहयोग पु¥याउने योजना ।
१९ विकास पूर्वाधारका संरचनाहरुको सदुपयोग र संरक्षण स्थानीय समुदायलाई हस्तान्तरण गर्ने ।
२० स्वास्थ्य संस्थामा प्रशुति सेवा र स्वास्थ्य वीमामा जोड दिने ।
२१ लैगिक समानता र सामाजिक समाबेशीकरणमा जोड साथै मनोसामाजिक समस्या सामाधानमा केन्द्रित ।
२३ ऐलानी जग्गा नापी कार्यलाई थप प्रभावकारी बनाई समय मै कार्य सम्पन्न गर्ने ।

्र्र