Saturday, May 17News That Matters

नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

पूर्णपुष्टि, ७ फागुन ।
उदयपुरको वसाहामा स्थापना भएको स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिक बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले अनावरण गरे । उक्त अनावरण कार्यक्रमको आयोजना चौदण्डीगढी नगरपालिकाले गरेका थिए । एमालेबाट निर्वाचित कालुमान लामा सहितको एमाले जनप्रतिनिधिहरुले स्वर्गिय थुलुङको सालिक निर्माण गरी अनावरण गरेका थिए ।

यस बिषयमा कांग्रेस लगायतका दलहरुले भने असन्तुष्टी जनाए । कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्टीले भने बिज्ञाप्तीनै जारी गरी मुख्यमन्त्रीबाट सालिक अनवारण गर्ने कार्यक्रमलाई असन्तुष्टी जनाएका थिए । उनिहरुले संयुक्त बिज्ञाप्ती जारी गर्दै देशका लागि यति ठुलो योगदान पुराउने ब्यक्तिको सालिक अनावरण राष्ट्रपति वा उपराष्ट्रपतिको हातबाट गर्नु पर्ने माग सहित असन्तुष्टी जनाए । देशका महान योद्धा र प्रजातान्त्रिक सेनानीको सालिक मुख्यमन्त्रीबाट हुन हास्यस्पद र अमुल्यवान हुने भन्दै ५ दलले देशकै राष्ट्र प्रमुखबाट हुनु पर्ने माग गरे ।

तर यता चौदण्डीगढी नगरपालिकाले भने त्यसको कुनै सुनुवाई नगरी मुख्यमन्त्री हिकमत कार्कीलाई ल्याएर सालिक अनावरण गरे । एमाले बाहेकका दलहरुले थुलुङको पुरानो सालिकलाई भत्काएर नयाँ बनाउन काम राम्रो देखिएपनि कसैसँग समन्वय नगरी आफु खुसी गर्न र एकपक्षिय गर्न निन्दनीय छ,” बिज्ञाप्तीमा भनिएको छ । बिज्ञाप्तीमा असन्तुष्टी गरेका दलहरुले अनावरण कार्यक्रममा उपस्थिति समेत जनाएनन् । कार्यक्रममा एमालेका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताहरुको मात्रै उपस्थिति रहे । यता मुख्यमन्त्री कार्की उदयपुर आउने भएपछि पहिचानवादीहरु सक्रिय बने । उनिहरुले मुख्यमन्त्री विरुद्ध नारा जुलुस र कालो झण्डा देखाउने कार्यक्रम तय गरेका थिए । तर पछि सर्वदलीय छलफल पछि अनावरणको लागि सहज गरिदिए । पहिचानवादी तथा ब्यापक असन्तुष्टीका कारण ठुलो सुरक्षा घेराबीच कार्कीले सालिक अनावरण गरेका थिए । स्वर्गिय थुलुङ प्रजातान्त्रीक सेनानीको रुपमा परिचित छ । प्रजातान्त्र दिवसको अवसर पारी थुलुङको सालिक अनावरण गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री कार्की सहित उपसभामुख सिर्जना दनुवार, पूर्व मन्त्री मन्जु चौधरी, त्रियुगा नगर प्रमुख बसन्त वस्नेत, उपप्रमुख महेश्वरी राई बेलका नगर उपप्रमुख जिरा राई, एमाले उदयपुरका अध्यक्ष भागवत राउत लगायतका व्यक्तिहरु उपस्थिति थिए ।