
पूर्णपुष्टि, ७ फागुन ।
उदयपुरको वसाहामा स्थापना भएको स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिक बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले अनावरण गरे । उक्त अनावरण कार्यक्रमको आयोजना चौदण्डीगढी नगरपालिकाले गरेका थिए । एमालेबाट निर्वाचित कालुमान लामा सहितको एमाले जनप्रतिनिधिहरुले स्वर्गिय थुलुङको सालिक निर्माण गरी अनावरण गरेका थिए ।
यस बिषयमा कांग्रेस लगायतका दलहरुले भने असन्तुष्टी जनाए । कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्टीले भने बिज्ञाप्तीनै जारी गरी मुख्यमन्त्रीबाट सालिक अनवारण गर्ने कार्यक्रमलाई असन्तुष्टी जनाएका थिए । उनिहरुले संयुक्त बिज्ञाप्ती जारी गर्दै देशका लागि यति ठुलो योगदान पुराउने ब्यक्तिको सालिक अनावरण राष्ट्रपति वा उपराष्ट्रपतिको हातबाट गर्नु पर्ने माग सहित असन्तुष्टी जनाए । देशका महान योद्धा र प्रजातान्त्रिक सेनानीको सालिक मुख्यमन्त्रीबाट हुन हास्यस्पद र अमुल्यवान हुने भन्दै ५ दलले देशकै राष्ट्र प्रमुखबाट हुनु पर्ने माग गरे ।
तर यता चौदण्डीगढी नगरपालिकाले भने त्यसको कुनै सुनुवाई नगरी मुख्यमन्त्री हिकमत कार्कीलाई ल्याएर सालिक अनावरण गरे । एमाले बाहेकका दलहरुले थुलुङको पुरानो सालिकलाई भत्काएर नयाँ बनाउन काम राम्रो देखिएपनि कसैसँग समन्वय नगरी आफु खुसी गर्न र एकपक्षिय गर्न निन्दनीय छ,” बिज्ञाप्तीमा भनिएको छ । बिज्ञाप्तीमा असन्तुष्टी गरेका दलहरुले अनावरण कार्यक्रममा उपस्थिति समेत जनाएनन् । कार्यक्रममा एमालेका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताहरुको मात्रै उपस्थिति रहे । यता मुख्यमन्त्री कार्की उदयपुर आउने भएपछि पहिचानवादीहरु सक्रिय बने । उनिहरुले मुख्यमन्त्री विरुद्ध नारा जुलुस र कालो झण्डा देखाउने कार्यक्रम तय गरेका थिए । तर पछि सर्वदलीय छलफल पछि अनावरणको लागि सहज गरिदिए । पहिचानवादी तथा ब्यापक असन्तुष्टीका कारण ठुलो सुरक्षा घेराबीच कार्कीले सालिक अनावरण गरेका थिए । स्वर्गिय थुलुङ प्रजातान्त्रीक सेनानीको रुपमा परिचित छ । प्रजातान्त्र दिवसको अवसर पारी थुलुङको सालिक अनावरण गरिएको हो ।