Monday, June 1News That Matters

नेपाल बाल संगठन “उदयपुर” बालवालिकामैत्री की, एमाले मैत्री ?

पूर्णपुष्टि, गाईघाट, असोज ५ गते
शनिवार मात्रै गाईघाटमा नेपाल बाल संगठन उदयपुरले ९ औँ जिल्ला सभा सम्पन्न गर्यो । उक्त जिल्ला सभामा एमाले युवा नेता तथा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारकी सोकिय सचिव समेत रहेका भुवन दाहालनै दोस्रो पटक सभापति बने । दाहाल पहिले पनि सभापति बनिसकेका नेतृत्व हुन् । दाहालका अनुमानित समय अनुसार २०७७ सालतिर उनि संगठनमा पहिलो पटक सभापति बनिसकेका थिए ।

९ औँ जिल्ला सभामा पनि दाहालकै सभापतित्वमा हाल ७ सदस्यीय कार्यसमिति चयन भएको छ । ५ बर्ष अघि ८ औँ जिल्ला अधिवेशन भने जिल्ला समन्वय समितिको सभाहलमा गरिएको थियो । त्यस पछि एकै चोटी २०८२ साल असोज ४ गते गाईघाट स्थित एक रिसोर्टमा ९ औँ जिल्ला सभा सम्पन्न गरेको हो । सभापति दाहालको तेतृत्वमा सदस्यहरु हेम वहादुर मगर, सुसान्त राउत, शितल अधिकारी, सुसिला सिलवाल, सुनिता गजमेर रहेकी छिन् । दाहालको समिति पूर्ण रुपमा एमाले मैत्री देखिएको कुरा सामाजिक संञ्जालमा उठेको छ । सदस्यको रुपमा रहेका सुशान्त राउत अनेरास्ववियु जिल्ला सचिब हुन भने सिहं राई केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज हुन् ।

यता अन्य सदस्यहरु सबै पुर्ब अनेरास्ववियु जिल्ला कमिटीमा आवद्ध रहेका व्यक्तिहरु हुन् । जिल्ला सभाको आथितिहरुमा पनि एमालेका नेता तथा कार्यकर्ताहरुमात्रै देखिन्छ । जिर्सना दनुवार एमाले नेतृ तथा कोशी उपसभामुख हुन् भने महेश्वरी राई पनि एमाले नेतृ तथा त्रियुगा नगर उपप्रमुख हुन् । भागवत राउत एमाले जिल्ला नेता हुन भने सागर नेपाल लगायत युवाहरु एमालेका युवा नेताहरु हुन् । सँगै एमालेका अन्य युवा संघका नेताहरुको पनि उपस्थिति रहेको देखिन्छ । यसरी एमालेका मात्रै प्रतिनिधिहरुबाट निर्माण भएको समिति प्रति असन्तुष्टी जनाउँदै अन्य युवाहरुले बिरोध गर्न थालेका छन् । माओवादी निकट युवा सरोज कार्की र कांग्रेस निकट पर्लाद सिलवाल लगायत युवाहरुले त फेसवुकमै यसको विरोध गरिसकेको छ । साथै यसबारे अन्य युवा प्रतिनिधिहरु पनि बिरोधमा खुल्न थालेका छन् । अखिल क्रान्तीकारी विद्यार्थी नेतृत्व समेत रहेका कार्की र अर्का युवा नेतृत्व पर्लाद सिलवालले त बाल संगठन संरक्षण बिहिन बालवालिकाको संस्था नभई एमालेको भातृ संगठनको रुपमा रहेको समेत उल्लेख गरेको छ ।

सिलवाल लेख्छन्,” प्रिय जेन्जी सहिद् को रगत सुक्न नपाउदै नेकपा एमालेले फेरि अर्को संगठीत भ्रष्टाचार को सुरुवात गरेको छ । नेपाल बाल संगठनका नाममा अनेरास्ववियुको बर्तमान नेता र निवर्तमान नेता हरुको उपस्तिथिमा नेकपा एमालेको अर्को भातृ संगठन गठन गरेको छ । यो कदापि मान्य हुने छैन सरकारी सम्पत्ति र संरचना लुटका विरुद्ध सबैले खबरदारी गरौं । यस्ते कार्कीले पनि फेसबुकमा लेख्दै भनेकाछन्“, नेपाल बाल संगठन भन्ने नाम सुन्दा त बच्चाहरूको हक अधिकार, शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्यका लागि काम गर्ने, स्वतन्त्र र निष्पक्ष संस्था हो भन्ने लाग्छ। तर व्यवहारमा हेर्दा अनेरास्ववियु कै “छायाँ कार्यालय” जस्तो देखिन्छ। कोशी प्रदेशका उप सभामुख सृजना दनुवारको स्वकिय सचिव अनेरास्ववियु बाट विद्यार्थीले विदाई गरेका विद्यार्थी नेता पालैपालो नभई बारम्बार सभापति बनेर बस्नु, अनि दोहोरो भत्ता खाने प्रचलनले त संगठनलाई “बाल” भन्दा पनि “बढी ठूलो बाल” जस्तो बनाइदिएको छ ।

यता संगठनका सभापति दाहालले भने विद्यान अनुसार आफु दोस्रो पटक सभापति बनेको जनाए । २०७७ सालमा तदर्थ समितिको रुपमा आफु आएको र सोही समितिले २०८२ सा फेरी दोस्रो पटक सभापति बनाएको दाहालको भनाई छ । दाहालले अरुले भने जस्तो बाल संगठन एमालेको संगठन नरहेको प्रष्ट पारे । उनले जिल्लामा बालगृह नभएकाले त्यस्ता असंरक्षित वालवालिकाहरु केन्दमा रेफर गरेको जनाए । करिब ६५ जना वालवालिकाहरुलाई न्यानो कपडाको पनि व्यवस्था गरिएको उनको भनाई छ । साथै बालवालिकाको हितका लागि प्रत्येक वर्ष वाल दिवस पनि मनाएको उनले जनाए । उनले आफ्नो कार्यकालमा यीनै काम भएको बताएहा थिए । यो संस्था कुनै राजनितिक दलहरुको भागबण्डामा चल्नु नहुने पनि उनको भनाई छ । माओवादी, एमाले, कांग्रेस लगायत दलहरुले भागबण्डा गर्ने भन्दा पनि यो निस्वार्थ सामाजिक संस्था रहेको उनको भनाई छ । यस कारण यो बिषयमा दलहरुले अनावश्यक भागबण्डा खोज्नु आवश्य नरहेको उनको भनाई छ । जिल्ला सभाको उद्घाटन कोशी प्रदेश  उपसभामुख सिर्जना दनुवारले गरेकी थिइन्।