
पूर्णपुष्टि, बेल्टार कार्तिक २८ गते ।
पार्टीको गतिविधिबाट आजित भइ नेकपा एमालेको उदयपुर जिल्ला समिति सदस्य पदबाट राजीनामा दिएका केशब अधिकारीको राजीनामा स्वीकृत भएको छ ।
तत्कालीन माओवादी केन्द्र परित्यागगरी ०७९ को स्थानीय तहको निर्वाचनमा एमाले प्रवेशगरी चौदण्डीगढी–७ नं। वडाबाट अध्यक्ष पदमा विजयी भएका वडाध्यक्ष अधिकारीको राजीनामा स्वीकृत भएको हो ।
सोही विषयमा एमाले जिल्ला समितिका अध्यक्ष भागवत राउतले भने, ‘गत भदौंको २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनकाक्रममा दिएको राजीनमालाई गत ११ गतेको जिल्ला सचिवालयको बैठकले राजीनामा स्वीकृत ग¥यो, त्यसपछि पुनः गत १८ गते बसेको जिल्ला समितिको आठौं विस्तारित बैठकले अनुमोदन गरेको हो ।’
जिल्ला समितिका सचिव टेकबहादुर राउतले पनि केशव अधिकारीको राजीनामा जिल्ला अध्यक्षमार्पmत आएछि स्वीकृत गरिएको बताए ।
निर्वाचनमा विजयी भएर आएपछि जनताको कामलाई पारदर्शी ढंगले गर्नु पर्छ भन्ने मान्याता राख्ने वडाध्यक्ष अधिकारी पछिल्लो समयमा मेयर कालुमान लामासँगको सम्बन्धमा दरार आएको थियो ।
मेयर लामा र वडाध्यक्ष अधिकारी दुवै जना जनप्रतिनिधि हुन् । जनप्रतिनिधि भएको आधारले उनीहरुको सम्बन्ध नङमासुको सम्बन्ध हुनु पथ्र्यो । तर, त्यसो हुन सकेन । अन्ततः वडाध्यक्ष अधिकारीले पार्टीबाटै राजीनामा दिनु बाध्य भए ।
वडाध्यक्ष अधिकारीले गत भदौं २४ गते आफ्नो सामाजिक सञ्जालमा पार्टींको कुनै पनि साधारण सदस्यीयता नरहनेगरी राजीनामा दिइ स्वतन्त्र नागरिक भएको घोषणा गरेका थिए ।
राजीनामाको विषयमा बुझ्न फोन सम्पर्क गर्न खोजिएपनि वडाध्यक्ष अधिकारीले फोन ९रिसिभ० गरेनन् ।
