Friday, May 22News That Matters

बर्षातले उपचार ढिलो हुँदा उदयपुरमा बाललको ज्यान गयो

पूर्णपुष्टि, १३ असोज ।

लगतारको बर्षाले उपचार ढिलो हुँदा उदयपुरमा एक बालकको ज्यान गएको छ । बर्षातका कारण जताततै सडक अवरुद्ध भएपछि समयमै हस्पिटल पुराउन नपाउँदा रौतामाई गाउँपालिका ६ बासबोटेका ७ बर्षिय एन्जल मगरको आईतबार ज्यान गएको हो ।

बिरामी बालक शनिबार देखीनै बिरामी थिए । समयमै गाउँमा बस पुग्न सडक अबरुद्ध भएपछि तत्काल उपचार नपाउँदा उनको ज्यान गएको हो । एक दिन अगाडीनै बिरामी परेको बाललको सडक र झरीको अवस्थाले उपचारमा ढिलाई भएको हो । भोली पल्ट उपचारको लागि सदरमुकाम गाईघाट ल्याउने क्रममा बाटोमै उनको ज्यान गएको त्रियुगा नगरपालिका १५ नं का वडा अध्यक्ष गणेश तिमिल्सिनाले जनाए । उनको स्वास्थ्य चौकी खाँबु रानीवासमा ज्यान गएको अध्यक्ष तिमिल्सिनाको भनाई छ । बिरामले थप च्यापेपछि सामान्य उपचारका लागि उनलाई तत्काल स्वास्थय चौकी भर्ना गरिएको थियो । तर उनलाई बचाउन नसेको भन्दै अध्यक्ष तिमिल्सिनाले दु:ख ब्यक्त गरेको छ ।