
पूर्णपुष्टि, ७ चैत्र ।
बाखोर–लिम्चुङबुङ–हलेशी पद यात्राको पहिलो दिन १० किलोमिटर पद यात्रा तय भएको छ । उदयपुरगढी गाउँपालिका ७ बाखोर बाट सुरु भएको ६० किलोमिटर पद यात्राको पहिलो दिन १० किलोमिटर यात्रा तय भएको हो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई, उदयपुरगढी गाउँपालिकाको उपाध्यक्ष जित बहादुर खड्का लगायत सम्मिलित यात्रामा सहभगी यात्रीहरु उत्साहित छन् ।
यात्रा सुरु गरिएको स्थान बाखोरबाट सितले, तल्लो चुरुम्फा, बैजनात खोला हुँदै गोगनेमा पुगेर यात्रीहरुले पहिलो दिनको यात्रा सम्पन्न गरे । आईतवार दोस्रो दिन गोगने देखी यात्रा सुरु गरेको छ । यात्राको क्रममा रैथाने खाना, गाउँघरको वसाई बिषेश रहेको छ । पर्यटन प्रवद्र्धन तथा पुर्खाहरुको गोरेटेलाई सम्मान गर्ने उदेश्य सहित सुरु गरिएको पद यात्रा ४ दिनको रहेको छ । उक्त यात्रा खोटाङको हलेशी तुवाचुङ नगरपालिकाको महादेव थानमा टुँगिने छ ।