Friday, February 14News That Matters

बिषहारा मल्टी डेन्टल गाईघाटद्धारा देभधारमा निशुल्क दन्त सिविर

पूर्णपुष्टि, २३ मंसिर ।
गाईघाटमा रहेको बिषहरा मल्टी स्पेशालीटी डेन्टल क्लिनिकले चौदण्डीगढीको देभधारमा निशुल्क दन्त सिविर संञ्चालन गरेको छ । शनिवार संञ्चालन गरिएको एक दिने सिविरमा करिब ७० जना दन्त विरामीहरुले निशुल्क सेवा लिए । आदर्श जनशशक्तिकरण समाज नेपाल चौदण्डीगढी १० देभधारको आयोजना तथा बिषहारा मल्डी स्पेशालीटी डेन्टलको प्राविधिक सहयोगमा सिविर संञ्चालन गरिएको थियो ।

सिविरमा सहभागी दन्त बिरामीलाई बिषहारा डेन्टलले निशुल्क दाँत निकाल्ने सुविधा दिएको छ । दाँत निकाल्नु परेमा विरामीहरुलाई निशुल्क गर्ने क्लिनिक संञ्चालक तथा डा. नारायण थारुले जनाए । थारु क्लिनिकका एम.डिएस आरसिटी स्पेसालिटी समेत हुन् । उनले निशुल्क दाँत उखाल्ने सँगै दाँत सफामा ५० प्रतिसत र अन्य उपचारमा २० प्रतिशत सम्म छुट गराउने जनाएको छ । दन्त सिविर सँगै जेनेरल स्त्री रोगको समेत सिविर संञ्चालन भएका थिए । जसमा जिल्ला अस्पताल उदयपुर, स्वास्थ्य कार्यालय उदयपुर, चौदण्डीगढी नगर अस्पताल, आईडिया नेपाल लगायत बिषहारा डेन्टलको सहकार्य रहेका थिए । निशुल्क सिविरको जिल्ला समन्वय उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्माले गरेका थिए ।