Friday, July 11News That Matters

राजनितिक प्रतिसोध बिरुद्ध उदयपुर रास्वपाको हस्ताक्षर अभियान

पूर्णपुष्टि, १२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले पनि हस्ताक्षर अभियान संञ्चालन गरेको छ । बिहिबार गाईघाट स्थित पिपलचोकमा पार्टि सभापति चित्र कुमार कार्की सहित नेता कार्यकर्ताहरुले हस्ताक्षर संकलन सुरु गरेको हो । पार्टी सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई राजनितिक प्रतिसोतका बाबजुत सरकारले जेल हालेको आरोप लगाउँदै हस्ताक्षर अभियान संञ्चालन गरेको हो ।

उनहिरुले एउटै खाले केसमा अरुलाई छुट रविलाई जेल हालेको आरोप लगाउँदै आएको छ । सहकारी प्रकरणमा जेल सजाय भोगिरहेको रविको बचाउमा रास्वपाका नेता कार्यकर्ताहरु लागिरहेको छ । उनिहरुले गठबन्धन सरकार रवि जेल हाल्नकै लागि अग्रसर रहेको समेत आरोप लगाएका छन् । कोशी प्रदेशका कार्यवाहक प्रवक्ता प्रकाश अधिकारीको प्रमुख आथित्यतामा हस्ताक्षर अभियान सुभारम्भ भएको हो । जिल्ला सभापति कार्कीले यो अभियान जिल्लाको कुना कान्दारामा पुराएर जनतालाई वास्ताविकताबारे जानकारी गराउने जनाए ।

रास्वपाको आह्वान विकृती र प्रतिसोधको अवसान, बिधिको साशन कायम गर, राजनितिक प्रतिसोध वन्द गर, दलिय सिन्डिकेट लोकतन्त्रको अवरोध, राज्य संरक्षित अराजकताको गरौँ बिरोध भन्ने नारा सहितको व्यानर लिएर हस्ताक्षर अभियानमा रहेको छ ।