Wednesday, April 29News That Matters

रास्वपा उदयपुरले रक्तदान गरेर मनायो स्थापना दिवस

पूर्णपुष्टि, ७ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टीले रक्तदान गरेर आफ्नो स्थापना दिवस मनाएको छ । रास्वपा उदयपुरले शनिवार गाईघाटको पिपलचोक स्थित रक्तदान गरेर तेस्रो स्थापना दिवस मनाएको हो । रक्तदान जिवन दान भन्दै रक्तदान गरिएको हो । ५० जना भन्दा बढीले रक्तदानमा सहभागी जनाएको आयोजकले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी देश र जनताको लागि मानविय क्रियाकलापहरु गर्दै आएको भन्दै रक्तदान मानवियता कार्य रहेको जनाए । विहानको समय पारेर जिल्लाका नेता तथा कार्यकर्ताहरुले रक्तान कार्यक्रमको आयोजना गरेको हो ।