Saturday, May 17News That Matters

साउनेमा रुखबाट लडेर ५० बर्षिय पुरुषको मृत्यु

पूर्णपुष्टि, ६ बैशाख ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा रुखबाट लडेर ५० बर्षिय राम कुमार थापा मगरको मृत्यु भएको छ । घर देखी करिब १ किलोमिटर परको जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मगरको मृत्यु भएको वडाअध्यष हिमराज मगरले जानकारी दिए । मगर रुखबाट करिब सय मिटर तल भिरमा खसेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटना स्थल पुगेर मुचुल्का उठाउने तयारी गरिरहेको अध्यक्ष मगरले जनाए । अन्य अनुसन्धान तथा विवरणहरु आउन वाँकी रहेको छ ।