Friday, July 11News That Matters

२५ सयको श्रम बिमाले १३ लाख मृत्यु दावी भुक्तानी

पूर्णपुष्टि, १६ जेष्ठ ।
एसियन लाईफ गाईघाट शाखाले बैदेशिक रोजगार श्रम विमा अन्तरर्गत मृतककी परिवारलाई १३ लाख मृत्यु दावी भुक्तानी प्रदान गरिएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ निवासी स्व. शर्मिला मगरकी आमा नैना कुमारी मगरलाई एसियन लाईफ गाईघाट शाखाले बुधबार कार्यालयमै बोलाएर मृत्यु दावी भुक्तानी प्रदान गरेको हो । गाईघाट शाखाकी प्रवन्धक मेनुका खत्रीका अनुसार स्व. शर्मिलाले २०८०÷०२­÷२१ गते बैदेशिक रोजगारको श्रम बिमा गरेका थिए । १० लाख बरावरको विमा गरेका मगरको बैदेशिक रोजगारको क्रममा साईप्रसमा बिरामी भई नेपाल आएर उपचार गराउने क्रममा २०८१÷१२÷०३ गतेका दिन मृत्यु भएको थियो । स्व. मगरकी आमा नैन कलालाई किरिया खर्च सहित १३ लाख बराबरको चेक हस्तान्तरण गरिएको छ । उनले श्रम विमाको लागि २५ सय बुझाएका थिए ।