Wednesday, April 29News That Matters

अनेमसङ्घ त्रियुगा नगरको अध्यक्षमा गोमा ढुँगाना चयन

पूर्णपुष्टि, २६ बैशाख ।
अनेम संघ त्रियुगा नगरपालिकाको अध्यक्षमा गोमा ढुँङ्गाना चयन भएकी छिन् । बिहिबार नेकपा (माओवादी केन्द्र) को महिला सङ्गठन अखिल नेपाल महिला सङघ (क्रान्तिकारी) को दोस्रो त्रियुगा नगर अधिवेशनमा गोमा ढुङ्गाना चयन भएकी हुन् । दोस्रो नगर सम्मेलनले ढुङ्गानाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको अधिवेशनले जनाएको छ ।

सर्वसम्मत चयन भएको नगर कमिटीकाको अन्य पदाधिकारीमा उपाध्यक्षमा मैया कटुवाल, सचिव गोमा राई, सहसचिव रेश्मा ठकुरी र कोषाध्यक्ष रिता रोका बिक चयन भएको निर्वाचन मण्डलका संयोजक राधारमन खतिवडाले बताए । उनका अनुसार सदस्यमा दुर्गा बिक, बुद्धमाया तामाङ, कल्पना नेपाली, सम्झना राई, कृष्णा राई, रेश्मा साही, रिताशंकर बिक, मन्जु बिक, होमकुमारी बिक, मस्लिरा खातुन, मन्दिरा मन्दुकी मगर, चन्द्रकुमारी कार्की, रेनुका तिम्सिनालगायत रहेका छन् ।