Sunday, April 19News That Matters

उदयपुरमा एमालेले आज विशाल जनसभा गर्ने

पूर्णपुष्टि, उदयपुर, कार्तिक २९ गते ।
एमाले उदयपुरले जिल्लामा आज विशाल जनसभाको आयोजना गर्दैछ । जेनजी आन्दोलन पश्चात जनविश्वास गुमाउँदै गएको एमालेले जनतामाझ आफुलाई बलिायो देखाउन जनसभा गर्ने गदैेछ । यो कार्यक्रम देशव्यापि रुपमै आयोजना गरिएको छ । गाईघाट स्थित पिपलचोक बाट गाईघाट बजार हुँदै मोतिगडा, बगाहा, देउरी, जलजले, चुहाडे, राजावास, बोक्से, करमगाछी हुँदै पिपलचोकमै आएर कोणसभा गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई कुन केन्द्रीय नेता तथा कुन नेताले सम्बोधन गर्ने भन्ने बिषयमा टुँगो नलागेपनि जिल्लाकै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बुझिएको छ ।

एमालेले तिन चरणमा जनसभा कार्यक्रम गर्ने छ । जसमा पहिलो चरणमा गत २२ गते देशैभरि वडा भेला भएको गगरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्यालीहरु भएका थिए । तेस्रो चरणको कार्यक्रम अन्तरगत आज शनिवार जिल्लाहरू जनसभा हुँदैछन् । जनपरिचालनको समापन मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने छ ।

आजको कार्यक्रममा महासचिव शङ्कर पोखरेलले नेपालगन्जमा सम्बोधन गर्नेछन् भने उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी, अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नेछन्।

यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छविलाल विश्वकर्मा अर्का सचिव पद्मा अर्यालले झापाको बिर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नेछिन्। कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिकमत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।