Sunday, April 19News That Matters

उदयपुर एमालेको जनसभा र्याली

पूर्णपुष्टि/ गाईघाट/कार्तिक २९ गते ।
एमाले उदयपुरले शनिवार जनसभा र्याली प्रदर्शन गरेको छ । गाईघाट बजारको पिपलचोक बाट र्याली सुरु गरी सोही स्थानमा आएर टुँगिएको छ । गाईघाट बजार परिक्रमा सँगै मोतिगडा, देउरी, जलजले चुहाडे, राजावास, बोक्से करमगाछी हुँदै पिपलचोकमै आएर र्याली टुँगिने छ । र्याली पश्चात कोण सभाको कार्यक्रम रहेको छ । कोणसभामा जिल्लाकै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।