
पूर्णपुष्टि, गाईघाट, असोज ५ गते ।
उदयपुरमा रातो माटो लिन गएकी एक युवतीको ढिस्कोले पुरिएर मृत्यु भएको छ। मृत्यु हुनेमा त्रियुगा नगरपालिका-३ की २४ बर्षीय रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आइतबार बिहान ११ बजेको समयमा त्रियुगा नगरपालिका- ३ गेरुवा खोला सि्थत त्रियुगा सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटना स्थलमा नै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
