Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

मन्त्रीस्तरीय संयन्त्र बैठक टुंगिएन

मन्त्रीस्तरीय संयन्त्र बैठक टुंगिएन

लिम्चुङबुङ डायरी, समाचार
भदौ ७ गते । नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठकमा कोशी–गण्डक सम्झौतादेखि अल्झेका क्षतिपूर्ति मुद्दा, प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदन, पञ्चेश्वर तथा माथिल्लो कर्णालीको थाती मामिला जस्ता विषयमा परिणाममुखी छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाकारी गराएको थियो । दुईदिने संयन्त्र बैठक बुधबार एकै दिन टुंगिएको थियो । बैठकले प्रत्यक्ष सवैले देख्ने गरी दुईवटा निर्णय गरेको छ । जुन दुई देशविच खाद्य सुरक्षा तथा गुणस्तर मापदण्डलाई समान हैसियत प्रदान गर्ने समझादारीमा हस्ताक्षर र ४ वर्षअघि कबोल गरेको भूकम्प पुनर्निर्माणका लागि दिइने भनिएको एक खर्ब रुपैयाँमध्ये झन्डै अढाइ अर्बको चेक हस्तान्तरण गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
जनप्रतिनिधिको मासिक तलब दिने कानुन प्रति सर्वोच्चको प्रश्न

जनप्रतिनिधिको मासिक तलब दिने कानुन प्रति सर्वोच्चको प्रश्न

समाचार
भदौ ६ गते । प्रदेश सरकारले बनाएको स्थानिय तहका जनप्रतिनिधिहरुलाई मासिक रुपमा पारिश्रमिक पाउने कानुन बनाउनुको कारण सर्वेच अदालतले सोधेको छ । ६ वटा प्रदेशसभाले बनाएको कानुनको कारण शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले सोधेको हो । प्रदेश १ बाहेकका सवै प्रदेशसभाले उक्त कानुन बनाएको हो । संविधानमा स्थानीय तहका जनप्रतिनिधिले सुविधा मात्र पाउने व्यावस्था गरिएको छ । तर उक्त प्रदेशका प्रदेशसभाहरुले संविधान विपरित पारिश्रमिक नै पाउने व्यवस्था गरेको भन्दै अधिवक्ता लोकेन्द्र ओलीले रीट दायर गरेका थिए । त्यस रीट माथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले ती प्रदेशसभा र ६ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग लिखित जवाफ माग गरेको छ । अधिवक्ता ओलीले पेश गरेको रिटमा प्...
१ लाख ९० हजार नक्कली भारुसहित २ जना पक्राउ

१ लाख ९० हजार नक्कली भारुसहित २ जना पक्राउ

समाचार
भदौ ६ गते । विरगञ्जबाट नक्कली भारु रुपँैया सहति दुई जनालाई प्रहरीले पक्राउ परेका छन् । पर्साको बहुदरमाई नगरपालिका–२ बैरिया विर्ता निबासी ३४ बर्षीय दिलिपकुमार साह र वीरगञ्ज महानगरपालिका–२ छपकैया निबासी ४८ बर्षीय जमिल अख्तर विहिबार पक्राउ परेका हुन् । पक्राउ परेको दुई जनाको साथबाट भारतीय रुपैयाँ २ हजार दरका ९५ थान नक्कली नोट बरामद गरेकोे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपालबाट भारततर्फ पैदल जाँदै गरेको दुवै जनालाई ईदगाहा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
लिम्बुको उपचारको क्रममा मृत्यु

लिम्बुको उपचारको क्रममा मृत्यु

समाचार
मोरङ/भदौ ६ गते । मोरङको बेलबारीमा अचेत अवस्थामा फेला परेको दिपेश लिम्बुको उपचारको क्रममा मृत्यु भएको छ । बेलबारी नगरपालिका – २ लालभित्ति निबासी ३१ वर्षीय लिम्बु अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । विहान साढे १० बजे अचेत अवस्थामा फेला परेको लिम्बुको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
राई मृत अवस्थामा फेला

राई मृत अवस्थामा फेला

समाचार
उदयपुर/भदौ ६ गते । उदयपुरको चौदण्डीमा एक जना मृत अवस्थामा फेला परेको छ । चौदण्डिगढी नगरपालिका–८ कात्तिके निबासी ६० वर्षीय किताबसिंह राई घर नजिकैको जंगलमा मृत फेला परेको हो । दिउँसो साढे १ बजे गाई, बाख्रा चराउन जंगल गएको राई राती अबेरसम्म घर नफर्केपछि आफन्तले खोजतलास गर्ने क्रममा राती १२ बजे जंगलमा मृत अवस्थामा फेला पारी प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सालकको खपटासहित २ जना पक्राउ

सालकको खपटासहित २ जना पक्राउ

समाचार
पाँचथर/भदौ ६ गते । पाँचथरको हिलिहाङबाट सालकको खपटा सहित दुई जना पक्राउ परेका छन् । हिलिहाङ गाउँपालिका – २ कावेलीबाट लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित पक्राउ परेका हुन् । दिउँसो १ बजे ताप्लेजुङको हप्पुखोलाबाट सदरमुकाम तर्फ जाँदै गरेको मे १ ज २३२४ नम्बरको गाडीमा सवार ताप्लेजुङ फुङलिङ नगरपालिका – २ निबासी धनविक्रम लिम्बु र विक्रम लिम्बुको साथबाट १२ सय ग्राम खपटा बरामद गरेको प्रहरीले जनाएको छ । खपटा सहित पक्राउ परेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पाँचथर ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
डुबेर १ जनाको मृत्यु

डुबेर १ जनाको मृत्यु

समाचार
झापा/भदौ ६ गते । झापाको दमकमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका – ३ निबासी मदन श्रेष्ठ वडा कार्यालयले खनेको पोखरीमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दिउँसो साँढे ४ बजे वडा कार्यालयले खनेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा २० वर्षीय श्रेष्ठ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
खोलाले बगाएर १ जना बपत्ता

खोलाले बगाएर १ जना बपत्ता

समाचार
झापा/भदौ ६ गते । झापाको माई खोलाले बगाएर एक जना बेपत्ता भएको छ । शिवसताक्षी नगरपालिका – १० निबासी सुकुम्बासी बस्तिामा बस्दै आएका साहेव सरदारलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उक्त बस्तिको ताला हस्ताको घरमा बस्दै आएका ४३ वर्षीय सरदारलाई विहिबार दिउँसो २ बजे खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता भएका सरदारको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटेका प्रहरी टोली र स्थानियबासीको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...