Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु

समाचार
उदयपुर, भदौ ७ गते । कटारीको भोर्ले खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–५ भोर्लेमा दिउँसो खोलामा डुबेर कालकको मृत्यु भएको हो । दिउँसो करिब २ बजे जगदिश श्रेष्ठको छोरा ८ बर्षिय सिद्धान्त श्रेष्ठ खोलामा नुहाउने क्रममा डुबरेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा कसैलाई नभनि हिडेका बालक छिमेकी साथीसँग नुहाउन गएको र खोलमा डुबेको अर्को बालककले जनाकारी गराएपछि तत्काल उद्दार गरी कटारी अस्पताल पु¥याएपनि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।...
भारतीय पूर्व अर्थमन्त्रीको निधन

भारतीय पूर्व अर्थमन्त्रीको निधन

समाचार, संसार
भदौ ७ गते । भारतको पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो निधन भएको हो । ६६ वर्षीय जेटली लोकसभाका सांसाद पनि हुन् । उनी १५ दिन पहिला अस्पतालमा भर्ना भएको थियो । जेटलीलाई श्वास–प्रश्वास पिडित रहेको सञ्चार माध्यमहरुले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेको थियो । तर स्वास्थ्य अवस्था कमजोर भएको भन्दै आफैले कुनै पनि जिम्मेवारी नलिने जनाएको थियो ।...
‘जाइरा’ चलचित्र हलमा

‘जाइरा’ चलचित्र हलमा

मनोरञ्जन, समाचार
भदौ ७ गते । स्टारर चलचित्र ‘जाइरा’ शुक्रबारदेखि रिलिज भएको छ । नम्रता श्रेष्ठ नायिका रहेको जाइरा कुनै चलचित्र रिलिज नभएको मौकामा रिलिज भएको हो । विभिन्न चलचित्रमा लभर गर्लको भूमिका निर्वाह गर्दै आएका मन्रताले यस चलचित्रमा एक्सन अवतार लिएकि छिन् । नायिका नम्रता बक्सर खेलाडीको भूमिकामा चलचित्रमा देख्न सकिन्छ । आशुतोष श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा नम्रतासँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतका नायक नायिकाहरुको मुख्य भूमिका रहेको छ ।...
प्राकृतिक स्रोतको बढी रोयल्टी पाउने पासाङ ल्यामू

प्राकृतिक स्रोतको बढी रोयल्टी पाउने पासाङ ल्यामू

आर्थिक, समाचार
भदौ ७ गते । सोलुखुम्बुको पासाङ ल्हामू गाउँपालिकाले पर्वतारोहण र संरक्षण क्षेत्रको रोयल्टी बढी स्थानिय तहमा परेको छ । अर्थ मन्त्रालयमा शुक्रबार भएको अन्तर सरकारी वित्त परिषद्को बैठकमा पेश भएको विवरणका आधारमा पालिका परेको हो । कुनै पनि रोयल्टि नपाउने प्रदेश न. २ रहेको छ । विद्युत् तर्फको रोयल्टी बढी पाउनेमा प्रदेश नम्बर ३ परेको छ भने स्थानिय तहमा तामाकोशी गाउँपालिका परेको हो । आर्थिक वर्ष २०७५÷७६ मा विद्युतबाट कूल २ अर्ब ९९ करोड ४८ लाख ४३ हजार २ सय ६३ रुपैयाँ बराबरको रोयल्टी प्राप्त भएको थियो । त्यसमध्ये प्रदेश र स्थानीय तहमा समान ७४ करोड ८७ लाख १० हजार ८ सय १५ रुपैयाँ बाँडफाँड गरिएको छ । संविधानले व्यावस्था गरेको नियम अनुसार विद्युतका संरचना रहेका स्थानीय तहलाई ५० प्रतिशत र प्रभावित क्षेत्रको स्थानिय तहलाई २० प्रतिशत रोयल्टी दिने छ । प्रदेश न.३ संरक्षित क्षेत्रतर्फ बढी रोयल...
मनमोहक दूधकुण्ड

मनमोहक दूधकुण्ड

पर्यटन, समाचार
भदौ ७ गते । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनै लोभ्याउने दुधकुण्ड ताल खासै विकास भएको पाईदैन । प्राकृति सौदर्यतासँगै किराँत, हिन्दु, बौद्ध धर्मलम्बीहरको एक आस्थाको धरोहर पनि हो । समुन्द्रि सतहदेखि करिब ४७ सय मिटर उच्चाईमा असंख्य हिमालहरुको काखमा रहेको तालमा पुजा आरधना गर्न र तालको सौदर्यतासँग खेल्न अनि रमाउन विभिन्न जिल्लाबाट समेत आउने गरको छ । सोलुखुम्बुको टाक्सिन्दु नुम्बुर तथा कार्यालुङ हिमालको काखमा दूधकुण्ड ताल अवस्थित छ । दुवै हिमालबाट आएको पानी जमेर ताल निर्माण भएको हो । धार्मीक महत्व बोकेको तालमा प्रत्यक वर्षको जनैपूर्णिमा मेला लाग्ने गर्दछ । मेलामा छिमेकी जिल्ला रामेछाप, ओखलढुंगा, खोटाङ, उदयपुर तथा काठमाण्डौबाट मानिसहरु र विदेशी पर्यटकहरु पनि तालको सुन्दरता हेर्न आउने गर्दछन् । सुन्दर ताल, नजिकैबाट देख्न सकिने २ वटा हिमाल रहेको प्राकृतिक सौदर्यताले भरिपूर्ण ठाउँ ...
ला लिगाको शीर्ष स्थानमा सेभिया

ला लिगाको शीर्ष स्थानमा सेभिया

खेलकुद, समाचार
भदौ ७ गते । स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित हात पार्दै सेभिया शीर्ष स्थानमा पुगेको छ । लिगका शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई १–० गोलले हराउँदै शिर्ष स्थानमा पुगेको हो । निकै आक्रमक खेलको ५२ औँ मिनटमा सेभियाको जोन जोर्डनले गरेको गोल निर्णायक बनेको थियो । जितसँगै सेभियाको दुई खेलबाट ६ अंक भएको छ भने ग्रानडाको समान खेलबाट एक अंक छ ।...
गाईघाटमा रवि समर्थकको ¥याली   प्रर्दशन

गाईघाटमा रवि समर्थकको ¥याली प्रर्दशन

समाचार
उदयपुर, भदौ ७ गते । उदयपुरको गाईघाटमा रवि समर्थकले दवावमुलक ¥यालि प्रदर्शन गरेको छ । सदरमुकाम गाईघाटमा स्वतन्त्र नागरिक समूहको ओजनामा शनिबार ¥यालि प्रदर्शन गरेको हो । गाईघाटको पिपल चोकबाट “सालिकरामका दोषीलाई खोजी गर, निर्दोष रविलाई रिहाई गर, रवि दाई हाई–हाई, भन्दै नाराबाजीको साथ ¥यालिले बजार परिक्रमा गरी मेन चोकमा कोण सभा गरेको थियो । पत्रकार सालिकराम पुडासैनीको हत्याराको राज्यले खोजी गरी कार्वाही गर्नु पर्ने र निर्दोष रविलार्य तत्काल रिहाई गर्नु पर्ने माग राख्दै ¥याली प्रदर्शन गरेको स्वतन्त्र नागरिक समूह गाईघाट, उदयपुरले जनाएको छ । जनताको र भष्ट्रचारी विरुद्धको अभियान्ता रविलाई राज्यले तत्काल रिहाई गर्नु पर्ने र पत्रकार पुडासैनीको हत्यारालाई खोजी गरी कार्वाही गर्नु पर्ने मागको साथ दवावमुलक ¥याली प्रदर्शन गरेको समूहले जनाएको छ ।...
हामी नेपाली अमेरीकामा अभियान

हामी नेपाली अमेरीकामा अभियान

समाचार
भदौ ७ गते । अमेरीमा रहेका नेपालीहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अभियानको रुपमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा आगामी नाभेम्बर २३ तारिखको दिन ‘हामी नेपाली परेड’ नाम दिंँदै कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रममा पञ्चे बाजा, लाखे नाच, झाँकी प्रदर्शन लगायतका विभिन्न नेपाली जातजातिहरुका मौलिक कला संकृति झल्किने किसिमका प्रर्दशन गरिने ‘हामी नेपाली परेड’ कार्यक्रमका आयोजकले जनाएको छ । नेपालमा पर्यटक भित्र्याउने योजनाका साथ सरकारले थालेको अभियान सफल पार्न अमेरिकामा क्रियाशील बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गरिसकिएको आयोजकले जनाएको छ । क्यालिफोर्नियामा नेपाली आवद्ध सम्पूर्ण संघसंस्थालाई सहआयोजकका रुपमा सहभागी गराइ प्रभावकारी बनाउने तयारी भइरहेको आयोजक कमिटिले जनाएको छ ।...
शिक्षक सेवामा २ सय पूर्णाङ्क

शिक्षक सेवामा २ सय पूर्णाङ्क

शिक्षा, समाचार
भदौ ७ गते । अव स्थिायी शिक्षक बन्नको लागी सुरुमा प्रारम्भिक परीक्षा उतिर्ण गर्नु पर्ने भएको छ । पहिलो चरणमा ५० प्रतिशत ल्याएर पास भएकाहरुले मात्र दोस्रो चरणको परीक्षा दिन पाउने भएको हो । यसअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइने व्यावस्था रहेको थियो । शिक्षक सेवा आयोग नियमावलीको (१० औं संशोधन)मा लोक सेवा आयोगको परीक्षा जस्तै सामान्य र विषयगत गरी दुई सय पूर्णांकको लिखित परीक्षा र २५ पूर्णांकको अन्तवार्ता गरी परीक्षा हुने प्रस्ताव गरिएको छ । यसअघि एक सय पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको मौखिक परीक्षा पास गर्नु पर्दथ्यो । पहिलो चरणको परीक्षामा वस्तुगत प्रश्नहरु हुनेछ । पहिलो चरणको परीक्षा मेसिनले जाँच्ने ओएमआर कपिमा दिनुपर्ने छ । एउटा उत्तर गलत भएमा शून्य दशमलव दुई अंक माइनस हुने छ । दोस्रो चरणको विषयगत परीक्षा पनि एक सय पूर्णाङ्कको नै हहुने छ । पहिलो चरणम...
राजस्व बढी देखाउने आधार हट्यो

राजस्व बढी देखाउने आधार हट्यो

लिम्चुङबुङ डायरी, समाचार
भदौ ७ गते । अर्थ मन्त्रालयले २०७४/७५ को राज्वको वृद्धिदर उच्च देखाउने आधार घटाएको छ । आर्थीक वर्ष २०७४/७५ मा ७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ । राजस्व संकलनको आधार नै घटाइएकाले २०७५/७६ संकलन भएको ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँको राजस्व त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २२.६१ प्रतिशतको वृद्धिदर हुन आउँछ । आव २०७४/७५ सकिएपछिसँगै ७ खर्ब ३२ अर्ब २३ कारेड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले सार्वजनिक गरेको थियो । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।...