सुनसरी/भदौ १ गते ।
सुनसरीको रामधुनीका कोशीकटानमा डुबेर एक जना घाईते भएको छ । रामधुनी नगरपालिका – ५ भुमरी चौक निबासी १८ वर्षीय आयुष बस्नेत डुबेर घाईते भएको हो ।
नुहाउने क्रममा डुबी रहेको अवस्थामा साथीहरुले उद्दार गरी जिल्ला अस्पताल ईनरुवा लगेर थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
सुनसरी/भदौ १ गते ।
सुनसरीको रामधुनिमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनि नगरपालिका – ६ निबासी करिब ५० वर्षीय सरिलाल राजधामीको डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको पोखरीमा डुबेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
सुनसरी/भदौ १ गते ।
सुनसरीको ईटहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । ईटहरी नगरपालिका – ६ निबासी ४० वर्षीय मोहन भट्टराईको सेतीखोलामा डुबेर मृत्यु भएको हो ।
खोला गएको भट्टराईलाई केहि समयपछि डुबिरहेको अवस्थामा स्थानिले फेला पारेको थियो । घटनाको जनाकारी पाएपछि प्रहरी घटना स्थल पुगी पथ अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
झापा/भदौ १ गते ।
झापाको विर्तामोडमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । विर्तामोड नगरपालिका – ३ विरात पोखर निबासी रोशन बेसराको छोरा २ वर्षीय अजित बेसराको डुबेर मृत्यु भएको हो ।
दिउँसो पौने ४ बजे खेल्ने क्रममा घर नजिकै रहेको खोलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथै प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
मोरङ/भदौ १ गते ।
मोरङको रतुवामाईमा खोलमा डुबेर एक बालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका – ७ सिजुवा निबासी शिवमुखीयाको छोरा १० वर्षीय आकाश मुखीयाको डुबेर मृतयु भएको हो ।
घरबाट विहान हिडेका आकाश साँझसम्म पनि घर नर्फकेपछि परिवारले खोजतलासको लागी प्रहरीलाई खबर गरेको थियो । प्रहरीर आफन्तले खोजतलास गर्ने क्रममा राती ९ बजे रतुवा खोला डुबेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
सुनसरी/भदौ १ गते ।
सुनसरीको देवानगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । देवानगञ्ज नगरपालिका – ३ कपतानगञ्जममा शनिबार विहान अनिता मेहेताको मृत्यु भएको हो ।
विहान साढे ९ बजे घरको टेबुल फेन चलाउने क्रममा करेन्ट लगालेर गम्भिर घाईते भएकी २५ वर्षीय मेहेताको विराट नर्सिङ्होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते भएकी मेहेताको उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
सवैले र सवै तरकारीमा प्राय प्रयोग हुने आलुको बोक्रामा विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ । यसले स्वास्थ्यमा मात्रै होइन सौन्दर्यका लागि पनि काम गर्दछ ।
क्याल्शियम, भिटामिन सी, बी कम्प्लेक्सका र आइरनको मात्रा पनि अत्यधिक पाईन्छ । त्यसैले आलुुको बोक्रा खानाले शरीरमा कमि भएका पूर्ती गदर्छ । यसले डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि पनि प्रयोग गरिन्छ ।
यसले कुन–कुन रोगलाई नियन्त्रण गर्दछ र के फाईदा निम्नानुसार छ ।
१. तौल कम
फाईवर युक्त हुने भएकाले आलु बोक्रासँगै खादा शरीरले कार्बोहाइड्रेटको सथ फाइबर पनि पाउँछ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र यसले मेटाबोलिजम रेटलाई पनि बढाउन सहयोग गर्दछ भने नसा पनि बलियो बनाउँछ ।
२. रक्तचाप कम
पोटाशियम र भिटामीन सि आलुमा पाईन्छ । यी दुबै रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ...
भदौ १ गते ।
सुदुरपश्चिमको बैतडी लगायतका जिल्लाहरुमा ओल्के पर्व धुमधामका साथ मनाउँदै छ । ओल्केको अर्थ उपहार वा कोशेली हो ।
ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप कर्कलाको पत भित्री फलफूल, मिठो–मसिनो दिनु र हातमा मेहेन्दी लगाएर पर्व मनाईन्छ ।
सवेरै उठेर खोला, नदी, कुवा, पधेँरा लागयत पानीको श्रोत भएको ठाउँमा स्नान गरी विभिन्न खानेकुराको परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई ओल्को दिने पनि गरिन्छ । वर्षाले विभिन्न संकट निम्त्याउने भएकाले यसबाट बचे र नवजिवन पाएको खुशीयालीमा उक्त क्षेत्रका मानिसहरुले ओल्को मनाउने प्रचलन रहिआएको स्थानियहरुले बताएका छन् ।
यस पर्व मनाउनुमा कुनै प्रकारको धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित भएको पाईदैन । यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ भने यसलाई सिंह सङ्क्रान्ती पनि भन्ने गन्छि ।
यो पर्व नेपालको सुदूरपश्चिमका ज...
भदौ १ गते ।
ब्रिटेनबाट घडि मगाई तत्कालीन राणा प्रधानमन्त्री वीर शमसेरले रानीपोखरी छेउमा घण्टाघर बनाएको थियो ।
घण्टाघरको घडीले १२ बज्दा टुँडिखेलमा सेनाले तोप पड्काएर समयको जनाउ दिने प्रचलन रहेपनि देशमा भएका राजनीतिक परिवर्तनहरूले त्यसता प्रचलनमा फेरबदल भएको हो ।
पछिल्लो सयमको प्रविधि विकासले समयको जानकारी लिन घण्टा घरबाट निस्कने आवाजको प्रतीक्षा गनु परेको छैन ।
त्यो बेला समयसूचक बनेको घण्टाघरको ऐतिहासिक र पुरातात्त्विक महत्त्वमा भने कमी आएको छैन । तर सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय नहुँदा त्रिचन्द्र क्याम्पस हाताभित्र रहेको घण्टाघर जीर्ण बन्दै गएको छ ।
पुरातत्व विभाग अन्तर्गत सञ्चालन भएको घण्टाघरका समयानुकूल मर्मत सम्भार नहुँदा ३२ वर्षदेखि यसको रेखदेख गर्दै आएका प्राविधिकहरु चिन्तित भएका छन् ।
भूकम्प र आगलागीकाकाटा पटक–पटक क्षतिग्रस्त भएको घण्टाघरको संरक्षणका लागि सरक...
भदौ १ गते ।
रामेछापको दोरम्बामा भएको हत्याकाण्डकामा मारिएका १९ जनाको १६ वर्षपछि शालिक अनावरण गरिएको छ । तत्कालिन विद्रोही माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित १९ जनाको हत्या गरेका स्थानमा शालिक निर्माण गरि अनावरण गरिएको हो ।
२०६० साल साउन ३२ गते तत्कालिन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको बेला सेनाले दोरम्बामा तत्कालीन जनसरकार प्रमुख लामासहित १९ जनालाई नियन्त्रणमा लिई सामूहिक हत्या गरेको थियो ।
उक्त घटनाले सरकार र माओवादी विचको बार्ता भंग भएको थियो भने घटनामा संलग्न सेनाका तत्कालीन मेजर राममणि पोख्रेललाई बर्खास्त गरेको थियो । प्रतिमाको अनावरण नेकपाका केन्द्रीय सदस्य हितबहादुर तामाङले गरेका थिए ।...