फोनिजको स्थापना दिवसमा २ पूर्व अध्यक्ष सम्मानित
उदयपुर/साउन, २७ गते ।
उदयपुरमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २० औ स्थापना दिवस भब्यकासाथ मनाईएको छ । दिवसको अवसरमा गरिएको कार्यक्रममा फोनिज उदयपुरको संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ उदयपुर शाखाको उपाध्यक्ष भोटराज राई र पूर्व अध्यक्ष अप्सरा समाल मगरलाई फोनिज उदयपुरले सम्मान गरेको हो ।
फोनिज उदयपुरको स्थपना कालदेखि अहिलेसम्म संगठनलाई नेतृत्वदायी भुमिकाको साथ ठूलो योग्दान गरेकाले योग्दानको उच्च कदर गर्दै राई र समाललाई सम्मान गरिएको फोनिज उदयपुरले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि फोनिज केन्द्रिय सदस्य विश्वराज तामाङ, फोनिज उदयपुरका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्व अध्यक्ष महेश्वर चाम्लिङ, नेपाल पत्रकार महासंघ प्रदेश सचिव हरिकुमार राईले दोसल्ला ओढाएर कदर पत्रको साथ सम्मान गरेको थियो । त्यस्तै नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिष...








