Tuesday, July 7News That Matters

Month: ७ वर्ष अगाडि

मैत्रीपूर्ण खेलमा रोमाको जित

मैत्रीपूर्ण खेलमा रोमाको जित

खेलकुद, समाचार
सानउ २७ गते ।  मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई रोमाले पछि पार्दै जित हात पारेको छ । गतराति भएको खेलमा रियल मड्रिड रोमाले पेनाल्टी सुटआउटमा जित हात पारेको हो । खेलको निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल टुङ्गीएपछि खेल पेनाल्टि सुटआउटमा गएको थियो । पेनाल्टि सुटआउटमा रियल पराजित भएको थियो । खेलको सुरुवाती अग्रता बनाएका रियलले हार व्यहोर्नु परेको थियो । खेलसुरु भएकोे १६ औं मिनेटमा नै मार्सेलोले गोल गर्दै अग्रता दिलाएका थिए । तर ३४औं मिनेटमा डिएगो पेरोटीले रोमाका लागि गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए । ३९औं मिनेटमा रियलका कासिमिरोले एक गोल गरे भने ४० औं मिनेटमा रोमाले गोल गरेपछि २–२ गोलको बराबरीमा खेल टुङ्गीएको थियो । पहिलो हाफमै २–२ गोल भएको खेलमा दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा गएको थियो पेनाल्टीमा रियल ५–४ ले हार व्यहोर्नु...
मुस्लिम धर्मलम्बिको बकर इद मनाउँदै

मुस्लिम धर्मलम्बिको बकर इद मनाउँदै

समाचार
साउन २७ गते । मुस्लिम धर्माबलम्बीहरुको चाड बकर इद मनाउदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउदै हो । ३ दिनसम्म मनाइने ‘इद–उल–जुहा’ भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । हिजरी संवत् १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगले जनाएको छ । बकर ईदको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । बिहानै मस्जिदहरुमा भीड लाग्न थालेको छन् । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने गरिन्छ । बकर इदका अवसरमा सं...
विर्तामोडको वडा कार्यालयमा बम विस्फोट

विर्तामोडको वडा कार्यालयमा बम विस्फोट

समाचार
झापा, साउन २७ गते । विर्तामोड नगपालिकाको तीन वटा वडा कार्यालयमा अज्ञात समूहल बम विस्फोट गराएको छ । विहान साढे ४ बजे पालिकाको ७,८ र ९ नम्बर वडा कार्यालयमा विस्फोट गराई गराइ क्षति पुर्याएका प्रहरीले जनाएको छ । तीन वटा वडाको कार्यालय एउटै भवनमा रहेका थियो । उक्त भवनमा विस्फोटबाट ६ ओटा झ्याल, भित्र रहेका फर्निचर र पर्खालमा क्षति पुगेको जिल्लाका प्रहरी कार्यालय झापाले जनाएको छ । एकाविहानै ठुलो आवाज आएपछि प्रहरी चौकी गरामनीबाट प्रहरी टोली घटना स्थल पुगेको प्रहरीले जनाएको छ ।  घटना स्थलमा विष्फोटक वस्तु फेला नपरेको र बृस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
अख्तियार प्रमुखको नाममा सुसाईड नोट लेख्दै आत्महत्या

अख्तियार प्रमुखको नाममा सुसाईड नोट लेख्दै आत्महत्या

समाचार
उदयपुर, साउन २७ गते । अख्तियार प्रमुखलाई सुसाईड नोट लेख्दै उदयपुरमा एक पूर्व कर्मचारीले आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका १० का ६० वर्षिय हरी आचार्यले अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा सुसाईड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सनिबार हराएका आचार्य आइतबार विहान त्रिनपा ९ को रातमाटे जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थियो । उनको खोजीमा प्लाष्टिकले बेरेर राखेको अवस्थामा प्रहरीले सासाईड नोट फेला पारेको थियो । मालपोत कार्यालय, कलंकीमा नायव सुब्बामा कार्यरत हुँदा ९२ रोपनी जग्गा किर्तेगरी ब्यक्तिको नाममा पारेको उनलाई आरोप थियो । अदालतबाट मुद्दा खारेजी भईसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको आसय सुसाईडनोटमा ब्यक्त गरेका छन् । उनी गत शनिबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर ग...
फोनिजको पुरस्कार बरिष्ठ पत्रकारसहित चार जनालाई

फोनिजको पुरस्कार बरिष्ठ पत्रकारसहित चार जनालाई

समाचार
उदयपुर, साउन २६ गते । काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार यसवर्ष बरिष्ठ पत्रकार कौशल चेम्जोङसहित चार जनालाई प्रदान गर्दैछ । पुरस्कृत हुने अन्य पत्रकारहरुमा गणेश राई, राजबहादुर गुरुङ र शोभा श्रेष्ठ छन् । चेम्जोङलाई रेडियो विद्याबाट, राईलाई छापा विद्याबाट, गुरुङलाई अनलाईन विद्याबाट र श्रेष्ठलाई टेलिभिजन विद्याबाट पुरस्कृत गरिएको हो । महासंघ (फोनिज) को साउन २७ गते स्थापना दिवसको अवसरमा पुरस्कृत गरिने उनीहरुको नाम पुरस्कार छनौट समितिले सिफारिस गरेकोमा फोनिज सचिवालयले अनुमोदन गरेको थियो । उनीहरुलाई बीसहजार रुपैया नगदसहित पुरस्कृत गरिने फोनिजले जनाएका छ ।...
कुलोमा डुबेर एक जनाको मृत्यु

कुलोमा डुबेर एक जनाको मृत्यु

समाचार
पाँचथर, साउन २६ गते । पाँचथरको मिक्लाजुङमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका – ४ को थाम्सुङ खोलाबाट ल्याएको सिचाई योजनाको कुलोमा स्थानिय ४५ वर्षीय पूर्णबहादुर राईको मृत्यु भएको हो । गतराती १० बजे राई कुलोमा मृत अवस्थामा फेला परेको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
खोलाले बगाएर एक महिलाको मृत्यु

खोलाले बगाएर एक महिलाको मृत्यु

समाचार
ताप्लेजुङ, साउन २६ गते । ताप्लेजुङको सिरिजंगामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । सिरिजंगा गाउँपालिका – ४ निबासी ४७ वर्षीय सिता भट्टराईलाई शनिबार खोलाले बगाएर मृत्यु भएको हो । दिउँसो करिब ४ बजे छिमेकीको घरमा घिउ पु¥याउन गएकी भट्टराई घर नफर्केपछि खोजतलास गर्ने क्रममा नागदेवा खोला किनारामा बाटोदेखि करिब २ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले जनाएको छ ।...
डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु

समाचार
झापा, साउन २६ गते । झापाको भद्रपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका – १० निबासी बासुदेव जोगीको छोरा १२ वर्षीय सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको हो । दिउँसो १ बजे घरबाट बाहिर निस्केका सुमन घर नआएपछि खोजतलास गर्ने क्रममा रात साँढे ८ बजे विष्णु कन्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ घटना स्थल पुगी पोष्टमार्टमको लागि शव मेची अञ्चल अस्पताल पठाएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
मोटरसाईकलबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलबाट पैदल यात्रीको मृत्यु

समाचार
झापा, साउन २६ गते । झापाको अल्दिबारीमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । दल्दिबारी गाउँपालिका – २ मा ३५ वर्षीय डम्बरबहादुर तामाङलाई गतराती मोटरसाईकलले ठक्कर दिदा मृत्यु भएको हो । दक्षिणबाट उत्तर जादै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई तामाङलाई ठक्कर दिदा चालक, विर्तामोड – ३ निबासी ४५ वर्षीय देवबन्दु उप्रेती र पछाडी सवार १३ वर्षीय राकेश ठाकुर घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका तीनै जनाको उपचारको लागि विएण्डसी अस्पताल विर्तामोड लगि उपचारको क्रममा विहान साढे ३ बजे तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
आदिवासीको आन्दोलनमा प्रहरी दमन, १४ जना पक्राउ

आदिवासीको आन्दोलनमा प्रहरी दमन, १४ जना पक्राउ

समाचार
अर्जुन जम्नेली राई  काठमाडौ, साउन २६ गते । नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा चलिहरेको “आरक्षण बचाऔँ आन्दोलन“ मा प्रहरीले हस्तक्षेप गरेको छ । लोक सेवा आयोगले संविधान र कानुनको मर्म विपरित आरक्षण कटौती गरेपछी आदिवासी जनजाती, महिला, दलित, मधेसी, अपाङ्गता र पीछडा क्षेत्रकाले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्। पूर्वघोषित कार्यक्रम अनुसार सिहंदरबार अगाडी शान्तिपूर्ण धर्ना दिने कार्यक्रममा आदिवासी जनजती महासंघको उपाध्यक्ष गोबिन्द छन्त्याल, दलित गैसस महासंघको अध्यक्ष, भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष कुमार लिङ्देनसहित १४ जनालाई प्रहरीले गिरफ्तार गरेको किरात राई यायोक्खा केन्द्रिय उपमहासचिव भीम राईले बताए । दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव, राकेश राई, सि एन थारू, कल्पना सुनार, उस्पार सुनार, थाङ्साङ लावती, ...