ताप्लिको अवरुद्ध सडक संचालन
शुसिला लामिछाने मगर
ताप्लि, साउन २२ गते ।
ताप्लि गाउँपालिका केन्द्रसम्म पुग्ने अवरुद्ध सडक संचालनमा आएको छ । अविरल वर्षपछि आएको पहिरोले पालिका केन्द्रसँग जोडिएका क्षती ग्रस्त सडक मर्मतछि बुधबारदेखि संचालनमा आएको हो ।
गत असार अन्तिम सातामा परेकोे अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । कटारी–बेतेनी–नुनथला–रुपाटार–थानागाउ–बासबोटे र नुनथला–ओख्ले–ईनामे–माझर्खक सडक खण्ड मर्मतपछि पालिका केन्द्र रुपाटार र ३ न. वडाकार्यालय ईनामेसम्म संचलनमा आएको बेतेनी–नुनथला–रुपाटार सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष तोपबहादुर ज्यूठकुरीले बताए ।
अवरुद्ध सडक मर्मतको लागी पूर्वधार विकास मन्त्रलय १ न. प्रदेश, कटारी नगरपालिका र ताप्लि गाउँपालिकाको संयुक्त ४५ लाख बजेटमा सडक मर्मत कार्य थालिएको समितिका अध्यक्ष ठकुरीले बताए । ३६ किलोमिटर दुरीको तल्लो सडक बेतेनी–नुनथला–रुपाटार–थानागाउँ–बासबोटेसम्म र २८ किलोमिटर...









