Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

माइतीघर मण्डला शंकास्पद वस्तु फेला

माइतीघर मण्डला शंकास्पद वस्तु फेला

समाचार
साउन २२ गते । माईतीघर मण्डलामा शंकास्पद वस्तु फेला परेको छ । काठमाडौंको माइतीघर मण्डला सेन्टजेभियर्स कलेज अगाडि बिहान शंकास्पद वस्तु फेला परेको हो । ठ विहानै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डस्पोज गरेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ । शंकास्पद वस्तु कस्ले राखेको भन्ने खुलेको छैन भने घटनाको अुनसन्धान भईरहेका प्रहरीले जनाएको छ ।...
प्रभावशिल युवा संजिबको एनआरएन कोरियामा उम्मेदवारी

प्रभावशिल युवा संजिबको एनआरएन कोरियामा उम्मेदवारी

समाचार, संसार
पूर्णपुष्टि, साउन २१ गते । उदयपुरका प्रभावशिल युवा संजिब राईले गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए कोरियाले आगामी सेप्टेम्बर २१ र २२ तारिखमा गर्ने अधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका हुन् । कोरियामा विभिन्न सामाजिक संघसंस्थासंग आवद्ध रहि विगत सातवर्षदेखि रहदै आएका राईले आईतबार किम्हे बुसानमा भएको भेलाबाट ख्याङ्सन किम्हे बुसान मासान र मिर्याङ उल्सान लगाएत दक्षिणी भेगको साँझा प्रतीनिधिको रुपमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । भेलाले उनलाई सर्बसहमत उम्मेदवार चुनेको थियो । उम्मेदवारी घोषणा संगै उनले दक्षिण कोरियामा रहेका नेपाली कामदारहरूको हकहितमा काम गर्ने प्रतिबद्धताका साथ सिर्जनशिल र रचनात्मक कार्यक्रमहरु अगाडि बढाउने उद्घोष गरेका छन् । उनले कोरियाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो मताधिकारको प्रयो...
एनआरएनए सदस्यमा राईको उमेदवारी

एनआरएनए सदस्यमा राईको उमेदवारी

समाचार
उदयपुर, साउन २१ गते । राष्ट्रिय समन्वय परिषद कतार (एनआरएनए)को सदस्यमा राजु राईले उमेदवारी दिएको छ । सन् २०१९ देखि २०२१ सम्म कार्यकाल रहने सदस्यमा राईले उमेदवारी दिएको हो । एनआरएनए विदेशमा बसेका नेपालीहरुको एक संगठन हो । त्रियुगा नगपालिका ११ घर भएका राईले हाल कतारमा रहेका अवस्थामा सदस्ताका लागि उमेदवार दिएका हुन् ।...
व्यापारीको हत्या गर्न भारतीय सुटर

व्यापारीको हत्या गर्न भारतीय सुटर

समाचार
साउन २१ गते । मोरङका एक व्यापारीको हत्या गर्न पाँच लाख भारुमा भारतबाट ल्याईएका सुटर पक्राउ परेका छन् । विराटनगर हाटखोलाका व्यापारी जितेन्द्र रायको हत्या गर्नका लागि भारतबाट सुपारी दिएर ल्याईएका दुई जना सुटरसहित तीन जना पक्राउ गरेका हुन् । गत जेठ २७ गते विराटनगरको मेट्रोसिटी होटलबाट लोड गरिएको दुई थान पेस्तोल र सात राउण्ड गोली सहित भारतीय नागरिक कुलानकुमार सिंहलाई पक्राउ गरेको थियो । पक्राउ परेका सिंहमाथि अनुसन्धान गर्ने क्रममा मुख्य योजनाकार मन्नु गुप्ता र कन्ट्रयाक किलर हरिनारायण झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिंह र गुप्ता विराटनगर र झालाई सर्लाहीबाट पक्राउ गरेको प्रहरीले जनाउको छ । पक्राउ परेका झा हत्या अभियोगमा क्षेत्रिय कारागार झुम्का बसिसकेका व्यक्ति हुन् भने मन्नु पनि बलात्कार मुद्दामा झुम्का कारागार बसेका थिए । उनीहरुबीच कारागारमै चिनजान भएपछि मित्रता सुरु भएको प्र...
बाढी पहिरोबाट विस्थापित घरलाई १ लाख राहत

बाढी पहिरोबाट विस्थापित घरलाई १ लाख राहत

समाचार
साउन २१ गते । पिपद व्यावस्थापन समिति ३ न. प्रदेशले बाढी, पहिरो, डुवानबाट विस्थापित परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मंगलबार बसेको पिपद व्यावसपन समितिको बैठकले बाढी, पहिरो तथा डुवानबाट विस्थापित भएका घर परिवारलाई एक लाख राहत दिने निर्णय गरेको हो । गत असार अन्ति सातादेखि परेको अविरल वर्षाले आएको बाढी, पहिरो, डुवानबाट खाद्यान्न, लत्ताकपडा लगायत घर पूर्ण रुपमा नष्ट भएका र संभावित खतराबाट विस्थापित भएका घरपरिवारहरुले राहत पाउने छन् । बैठकबाट निर्णय भए पश्चात राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई पिपद व्यावस्थापन समितिले निर्देशन दिएको छ । सिन्धुली, मकवानपुर, ललितपुर र दोलखा जिल्लाका बाढी पहिरो डुवानबाट अति प्रभावित स्थानीय तहहरु पहिचान गरी त्यस ठाउँमा खानेपानी, सिञ्चाई, सडक, विद्याल यलगायतका भौतिक संरचनाको क्षति विवरण माग गर्ने निर्णय पनि गरेको छ । जिल्ल...
पोखरीमा डुबेर एक नाबालिकाको मृत्यु

पोखरीमा डुबेर एक नाबालिकाको मृत्यु

समाचार
झापा, साउन २१ गते । झापाको शान्ति नगरमा एक नाबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका – ६ शान्ति नगर निबासी खड्गबहादुर लिम्बुको छोरी १४ महिनाकी साखिम लिम्बुको डुबेर मृत्यु भएको हो । घर नजिकै रहेका माछा पोखरीको छेउमा खेल्ने क्रममा पोखरीमा डुबेर नाबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबेर बेहोस भएकी नाबालिकाको उपचारको लागि विर्तामोड लानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...
३ घर जलेर नष्ट, ५० बराबरको क्षती

३ घर जलेर नष्ट, ५० बराबरको क्षती

समाचार
मोरङ, साउन २१ गते । मोरङको लेटाङमा तीन घर जलेर नष्ट भएको छ । लेटाङ नगरपालिका – ६ घुम्तिमा विहान अचालन आगलागी हुदा तीन घर जलेर नष्ट भएको हो । स्थानिय मेशबहादुर विकको भान्सा घरबाट अचानक आगलागी सुरु भएको घर र छिमेकी ठोलप्रसाद मगर र भक्तबहादुर राईको २÷२ तले घर जलेर नष्ट हुदा करिब ५० लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना, बारणत्रन्त्र तथा स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
नुहाउँदा डुबेर एकको मृत्यु

नुहाउँदा डुबेर एकको मृत्यु

समाचार
उदयपुर, साउन २१ गते । उदयपुरको त्रियुगा नदिमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालका – ६ निबासी ६४ वर्षीय निरबहादुर श्रेष्ठ नदिमा डुबेर मृत्यु भएको हो । विहान करिब साढे ७  बजे नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
एम्बुलेन्स दुर्घटनामा ७ जना घाईते

एम्बुलेन्स दुर्घटनामा ७ जना घाईते

समाचार
उदयपुर, साउन २१ गते । उदयपुरमा एम्बुलेन्स दुर्घटना हुदा सात जना घाईते भएका छन् । त्रियुगा नरपालिका – ६ को चुरेमा अनियन्त्रित भई एम्बुलेन्स दुर्घटना हुदा सात जना घाईते भएका हुन् । उपचार गरी घर फकर्ने मानिस लिएर झापाबाट गाईघाट तर्फ आउँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेस दुर्घटनामा सात जना सवार घाईते भएको प्रहरीले जनाएको छ । त्रिनपा – ६ निबासी सदहरुल मिया, उनको छोरी २८ वर्षीया सहिजा मिया, ३५ वर्षीय मोहमद हमिद, ४० वर्षीया सहिपुन खातुन, ७५ वर्षीया हजरा खातुन र ११ नम्बर वडा निबासी ३२ वर्षीया अम्बिका विक र उनको छोरा ११ वषीय अशोक विक घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
एम्बुलेन्स दुर्घटनामा ४ जना घाईते

एम्बुलेन्स दुर्घटनामा ४ जना घाईते

समाचार
उदयपुर, साउन २१ गते । सुनसरीको थलाहामा विरामी बोकेको एम्बुलेन्स दुर्घटना हुदा विरामी सहित चार जना घाईते भएका छन् । उदयपुरबाट सुत्केरी व्याथा लागेको विरामी लिएर विराटनगर जादै गरेको एमबुलेन्स गढी गाउँपालिका – २ थलाहा पुलमा दुर्घटना हुदा चार जना घाइते भएका हुन् । विहान करिब ३ः१० बजे पुलमा ठोक्किएर स १ झ ५२६ नम्बरको एम्बुलेन्स दुर्घटना हुदा विरामी सहित चार जना घाईते भएको प्रहरीले जनाएको छ । उदयपुरगढी गाउँपालिका – १ निबासी सुत्केरी विरामी ३२ वर्षीया सविना बस्तोला, उनको श्रीमान ३६ वर्षीय खेमबहादुर बास्तोला, छिमेकी ३६ वर्षीय सिताराम बास्तोला र उक्त निबासी चालक २८ वर्षीय नीरबहादुर पुलामी मगर घाईते भएको प्रहरीले जनाएको छ । बिरामी सहित घाईतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भईरहेको छ भने चालक मगरको गोल्डेन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...