Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

लागु औषध सहित एक जना पक्राउ

लागु औषध सहित एक जना पक्राउ

समाचार
उदयपुर, साउन २१ गते । लागु औषध सहित एक जना पक्राउ परेको छ । त्रिुगा नरपालिका – ६ जालजले फिलिम हल छेउबाट सुदिप परियार पक्राउ परेको हो । स्थानिय २२ वर्षीय परियारले लागुु औषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । परियारलाई पक्राउ गरी खोजतलास गर्दा २ थान सिरिन्ज, ५ थान डाईजेल्याव, ५ थान लुपिजेसिक र ५ थान फेनारगन उनको साथबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लागु औषध सहित पक्राउ परेको परियारलाई जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
“लागु पदार्थ नशा हो– प्रयोग गर्नु दशा हो”

“लागु पदार्थ नशा हो– प्रयोग गर्नु दशा हो”

समाचार
होसियार बनौं है बुवाआमा फस्दैछन् कि छोराछोरी कुलतमा लागु पदार्थ नशा हो प्रयोग गर्नु दशा हो उदयपुर, साउन २० गते  अभिभावकहरुलाई होसियार बनाउदै लागू औषधविरुद्धको एउटा अभियान सोमबारदेखि उदयपुरमा सुरु भएको छ । त्रियुगा नगरपालिका ६ लालपत्तामा एक कार्यक्रमको आयोजना गरी “होसियार बनौं है बुवाआमा–फस्दैछन् कि छोराछोरी कुलतमा, लागु पदार्थ नशा हो–प्रयोग गर्नु दशा हो” भन्ने नारा लेखिएका होर्डिङबोर्ड राख्दै अभियानको सुरुवात गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभियानको रुपमा सुरु गरिएको लागु औषध तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रमको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले उद्घाटन गरेका थिए । प्रजिअ खड्का र एसपी मगरले लागु औषण दुब्र्यसनको विरुद्ध र ट्राफिक नियम उलंघनको विरुद्ध प्रहरी, प्रशासन हर समय लागी पर्ने र त्यसमा समुदायले सा...
मोटरसाईकलको ठक्करले बृद्धको मृत्यु

मोटरसाईकलको ठक्करले बृद्धको मृत्यु

समाचार
उदयपुर, साउन २० गते  मोटरसाईकलको ठक्करले यहाँ एक ७० वर्षिया बृद्धाको मृत्यु भएको छ । गाईघाटदेखि चुहाडेतर्फ जाँदै गरेको स ५ प ३६३७ नम्बरको मोटरसाईकलले गैरुनमा ठक्कर दिँदा बृद्धाको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरका अनुसार त्रियुगा नगरपालिका ९ गैरुनकी बृद्धा मनमाया श्रेष्ठको मोटरसाईकलको ठक्करका कारण मृत्यु भएको हो । ठक्करदिने मोटरसाईकल र चालक सोलु स्थायी घर भई चुहाडे बस्ने १७ वर्षिय महेश राई नियन्त्रण रहेको एसपी मगरले बताए । साँझ पाउने ७ बजेको समयमा घाँसको भारी बोकेर सडक पार गर्ने क्रममा बृद्धालाई मोटरसाईकलले ठक्कर दिएको बताइएको छ । ठक्कर दिए लगत्तै उपचारका लागि त्रियुगा हस्पिटल पुर्याईए पनि हस्पिटलले मृत घोषणा गरेको थियो ।  मृतकको शब पोष्टमार्टमका लागि जिल्ला हस्पिटल लगिएको छ ।...
उदयपुर कारागारमा ठूलो संख्यामा कैदीबन्दी विरामी

उदयपुर कारागारमा ठूलो संख्यामा कैदीबन्दी विरामी

समाचार
उदयपुर, साउन २० गते ।  भाईरल ज्वरोले आईतबारदेखि जिल्ला कारागार उदयपुरका कैदीबन्दि ठूलो संख्यामा विरामी परेका छन् । १ सय ७३ कैदीबन्दी रहेको कारागारमा १ सय २० जना विरामी परेका हुन् । कैदीबन्दीहरुमा भाइरल ज्वरो र पखाला देखिएको जेलर खड्काले बताए । एकैसाथ धेरै कैदीबन्दीमा यसप्रकारको विमार देखिएपछि प्रमुख जिल्ला अधिकारीसहितको पहलमा जिल्ला अस्पताल उदयपुरबाट चिकित्सक टोली झिकाई स्वस्थ्य जाँच तथा उपचार गरिएको थियो । विरामीहरुले हाल औषधि सेवन गरिरहेका छन् । विरामी मध्ये नौ जनालाई थप उपचारका लागि बोलाएपछि सोमबार अस्पताल लगिएको छ । वर्षा मौसममा खोलाबाट आउने खानेपानी धमिलो र दुषित आउने गरेपछि कैदीबन्दीहरुमा विरामी देखा परेको बताईएको छ । अहिले कारागारले सबै कैदीबन्दीलाई पानी तताएर पिउने व्यावस्था गरिएको छ । ५० जना क्षमताको सो कारागारमा तेब्बर बढि कैदीबन्दी छन् । कारागारमा पुरुषकैदी १ सय ५...
पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

समाचार
संखुवासभा, साउन २० गते । संखुवासभाको सभा खोलामा पौडी खेल्ने क्रममा एक युवाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका – ९ निबासी ४५ बर्षीय ऋषिकेश निरौला पौडी खेल्दा डुबेर मृत्यु भएको हो । दिउँसो सांढे १ बजे खोलामा पौडी खेल्दै गर्दा निरौला डुबेपछि अरु साथिहरुले उद्दार गरी उपचारको लागी मनकामना अस्पताल तुम्लिङटारमा उपचार क्रममा साँढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना स्थल पुगी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
आगलागीबाट ५० लाखको क्षती

आगलागीबाट ५० लाखको क्षती

समाचार
झापा, साउन २० गते । झापाको चत्रामारीमा आगलागी हुदा करिब ५० लाख बराबरको क्षती भएको छ । कन्काई नगरपालिका – ५ चत्रामारी निबासी सोमनाथ अधिकारीको घरमा आगलागी हुदा उक्त रकम बराबर क्षती भएको हो । बिहान करिब १० बजे विद्युत सर्ट भई एक्कासी आगलागी हुदा काठका टिनको छानो लागएको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा करिब ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । प्रहरी, नगरपालिकाको दमकल, स्थानियबासीको सहयोगमा सवा ११ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
ट्रकको ठक्करबाट एक बालकको मृत्यु

ट्रकको ठक्करबाट एक बालकको मृत्यु

समाचार
संखुवासभा, साउन २० गते ।  संखुवासभाको धर्मदेवीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । धर्मदेवी नगरपालिका – ३ निबासी धनराम अधिकारीको छोरा ४ वर्षीय आदित्य अधिकारीको ट्रकको ठक्करबाठ मृत्यु भएको हो । विहान करिब ९ः४० बजे टुटेदेउरालीबाट खाँदबारी तर्फ जादै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
खर्च नभएको गत बजेट क्रमागत योजनामार्फत खर्च हुने

खर्च नभएको गत बजेट क्रमागत योजनामार्फत खर्च हुने

समाचार
उदयपुर, साउन २० गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा खर्च हुन नसकेको बजेट आर्थिक वर्ष २०७६÷०७७ मा क्रमागत योजना बनाई खर्च गर्ने भएको छ । वित्तिय सामान्यिकरण तर्फको खर्च हुन नसकेको ३ करोड ७१ लाख २० हजार बजेट क्रमागत योजना बनाई खर्च गरिने पालिकाले जनाएको छ । कुल बजेट १० करोड ७६ लाख ७९ हजार मध्येको खर्च हुन नसकेको उक्त बजेट एभरेष्ट भ्यू टावर, गाउँपालिकाको भवन, गुरुयोजना लगायतका शिर्षकमा रहेका थिए । वित्तिय सामान्यिकरण तर्फको बजेट फ्रिज नहुने भएकाले सोही आयोजनामा खर्च गर्न सकिने प्रशासकीय अधिकृत राईले बताए ।...
फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

समाचार
उदयपुर, साउन २० गते । लागु औषध तथा हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त निरबहादुर सार्की पक्राउ परेको छ । फरार रहेका रौतामाई गाउँपालिका – ६ निबासी ५१ वर्षीय सार्की आईतबार त्रियुगा नगरपालिका – ८ साईखोलाबाट पक्राउ परेको हो । २०५७ साल मंसिर २२ गते ८ केजी गाँजा, एक थान कटुवा पेस्तोल र ३ राउन्ड राईफलको गोली सहित सहित प्रहरीलाई देख्ने वितिकै झोला फालि फरार रहेको प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा फरार अभियुक्त सार्कीलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
बालबालिकालाई ‘गेमिङ डिसअर्डर’को खतरा

बालबालिकालाई ‘गेमिङ डिसअर्डर’को खतरा

लिम्चुङबुङ डायरी, समाचार, स्वास्थ्य
साउन २० गते । बालबालिकाले मोवाईलमा गेम खेल्ने, टिकटक बनउने, भिडियो हेर्ने जस्ता कार्य धेरै गरेमा मानसिक रोग खतरा हुन सक्छ । पछिल्लो समयमा आएर धेरै बालबालिकाले मोवाईल प्रयोग गर्दै आएकाले त्यसबाट मानसिक रोग ‘गेमिङ डिसअर्डर’को सिकार हुदै गएको मनोविज्ञहरूको भनाइ छ । बढी बालबालिकाहरु मोबाइल गेममा होमिएर बाहिर निस्कन नसक्ने भएकाले गएकाले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा. प्रवास अधिकारी बताए । उदास हुने, खान मन नगर्ने,  मोबाइल धेरै चलाउने समस्या लिएर अधिकांश अभिभावक आउने गरेको अधिकारीले बताए । बच्च फकाउन मोवाईल दिने भएकाले पनि यस्तो समस्या आएको हो । यो समाचार आजको गोरखापत्रमा प्रकाशश भएको छ ।...