सामुदायिक वनद्धारा २ पत्रकार सम्मानित
मोरङ, भदौ ३० गते ।
मोरङको एक सामुदायिक वनले आफ्नो वार्षिक साधारण सभामा दुई पत्रकारलाई सम्मान गरेको छ । पथरीशनिश्चरेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्माण गरेको हो ।
समाुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन पत्रकारिता क्षेत्रबाट अमुल्य टेवा पु¥याएको भन्दै पत्रकार अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई ट्रफी (खुकुरी) र सम्मान पत्रले सम्मान गरेको आयोजले जनाएको छ ।
पत्रकार जम्नेली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश १ को अध्यक्ष तथा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद पनि हुन् । भट्टराई नेपाल पत्रकार मञ्चको अध्यक्ष हुन् ।
सामुदायिक वन नेपालको २२ हजार मध्ये आर्थिक बर्ष २०७५÷०७६ को वन मन्त्रालयबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए । हरियाली नेपालको प्रथम पुरस्कार पाउने प...









